५ भाद्र २०८३, शुक्रबार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: अध्यक्षका उम्मेदवार ध्रुव दाहाललाई विजयी गराउन होटल व्यवसायी संघको अपिल

एसीपी संवाददाता

५ भाद्र २०८३, शुक्रबार १४:५४ मा प्रकाशित

नेपालगन्ज, ५ भदौ — नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि होटल व्यवसायी संघ बाँकेले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ। संघले आगामी भदौ ६ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार ध्रुव प्रसाद दाहाललाई अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गरेको छ।

अध्यक्षका उम्मेदवार दाहाल होटल व्यवसायी संघ बाँके, नेपालगन्जका साधारण सदस्य तथा सौगात गेष्ट हाउसका सञ्चालक हुन्। उद्योग वाणिज्य संघमा होटल तथा पर्यटन व्यवसायीहरूको प्रतिनिधित्वलाई थप सशक्त बनाउन दाहालको उम्मेदवारी परेको संघले जनाएको छ।

होटल व्यवसायी संघ बाँके नेपालगन्ज परिवारले एक विज्ञप्ति जारी गर्दै व्यवसायीका साझा समस्या समाधानका लागि प्रभावकारी आवाज उठाउन, व्यवसायिक एकता कायम गर्न र समृद्ध नेपालगन्ज निर्माणमा दाहालको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेको छ।

संघले भदौ ६ गते हुने मतदानमा क्रम संख्या १ मा रहेको दाहालको प्यानललाई आफ्नो अमूल्य मत प्रदान गरी अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण मतदाताहरूसँग अनुरोध गरेको छ। ‘क्रम संख्या १ मा मतदान गरौँ, ध्रुव प्रसाद दाहाल ज्यूलाई विजयी बनाऔँ’ भन्ने नाराका साथ होटल व्यवसायी संघ बाँके चुनावी मैदानमा होमिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x