५ भाद्र २०८३, शुक्रबार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: होटल व्यवसायी संघ बाँकेद्वारा सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारीलाई जिताउन हार्दिक अपिल

एसीपी संवाददाता

५ भाद्र २०८३, शुक्रबार १५:४० मा प्रकाशित

नेपालगन्ज, बाँके — आगामी भदौ ६ गते हुन गइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि होटल व्यवसायी संघ बाँके, नेपालगन्जले आफ्नो सक्रिय कार्यसमिति सदस्य सुरज बहादुर भण्डारीको उम्मेदवारीप्रति पूर्ण ऐक्यबद्धता प्रकट गरेको छ। संघले एक प्रेस विज्ञप्ति जारी गर्दै भण्डारीलाई कार्यसमिति सदस्य पदमा अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण उद्योगी, व्यवसायी तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गरेको हो।

होटल व्यवसायी संघ बाँके नेपालगन्ज परिवारका अनुसार, भण्डारी लामो समयदेखि होटल व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन तथा संस्थागत गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। उहाँले व्यवसायिक क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै संघले उहाँको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ।

होटल तथा पर्यटन व्यवसायीहरूको प्रतिनिधित्वलाई नेपालगन्ज उद्योग वाणिज्य संघमा थप सशक्त बनाउन भण्डारीको भूमिका महत्त्वपूर्ण रहने संघको विश्वास छ। व्यवसायीहरूका विद्यमान समस्या समाधानका लागि प्रभावकारी आवाज उठाउन, व्यवसायिक एकता कायम गर्न र समृद्ध नेपालगन्ज निर्माणका लागि उहाँको उपस्थिति अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख छ।

होटल व्यवसायी संघ बाँकेले निर्वाचनमा क्रम संख्या १३ मा रहेका उम्मेदवार सुरज बहादुर भण्डारीलाई आफ्नो अमूल्य मत प्रदान गरी विजयी गराउन आह्वान गरेको छ। “व्यवसायी एकता हाम्रो शक्ति, व्यवसाय प्रवर्द्धन हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ होटल व्यवसायीको हक, हित र समृद्धिका लागि एकजुट हुन संघले सम्पूर्ण मतदाताहरूलाई अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x