६ भाद्र २०८३, शनिबार

बास नेपालले असल शासन यात्रा शुरु

एसीपी संवाददाता

६ भाद्र २०८३, शनिबार १५:२० मा प्रकाशित

बास नेपालले असल शासन यात्रा शुरु गरेको छ । बाँके र बर्दियामा सो यात्रा शुरु गरिएको हो । पहिलो चरणमा बिहिबार नेपालगञ्जबाट शुरु भएको यात्रा बर्दियाको ठाकुरद्वारा पुगेर समापन भएको छ । असल शासन यात्राको क्रममा स्थानीय सरकारका प्रमुखहरुलाई कार्यकालको अन्तिम वर्षलाई सुशासन, जवाफदेहिता र संस्थागत उपलब्धिको वर्ष बनाउन अनुरोध गर्दै सुशासन सुझाव पत्र हस्तान्तरण गरिएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिब कुमार बर्माको नेतृत्वमा रहेको बास नेपालको टोलीले स्थानीय सरकारका प्रमुख, प्रतिनिधिहरुलाई कार्यालयमैं भेटि सुझाव पत्र बुझाएको हो ।
पहिलो चरणमा बाँके र बर्दियाका ७ वटा पालिकालाई सुझाव पत्र बुझाईएको छ । 
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्ख बहादुर थापा, जानकी गाउँपालिका बाँकेका निमित्त प्रमुख प्रशासकिय अधिकृत मतिन अहमद खाँ, खजुरा गाउँपालिकाका अध्यक्ष डम्वर बिक, प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल, बढ्रयाताल गाउँपालिका बर्दियाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिका बर्दियाका नगर प्रमुख मुक्तिनाथ यादव, उपप्रमुख सावित्रा गौतम, मधुवन नगरपालिका बर्दियाकी निमित्त प्रमुख प्रशासकिय अधिकृत पार्वती पण्डित र ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साललाई सुशासन सुझाव पत्र हस्तान्तरण गरिएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिब कुमार बर्मा, उपाध्यक्ष दिला शाह, खुमेश सुबेदी, महासचिव कल्पना अधिकारी, कार्यकारी निर्देशक नमस्कार शाह, पूर्ब अध्यक्ष मन भण्डारी, निर्देशक हेमराज भट्ट, जनसम्पर्क अधिकृत माधव कार्की लगायतले सुझाव पत्र हस्तान्तरण गरेका थिए ।
सुझाव पत्र ग्रहण गर्दै स्थानीय सरकारका प्रमुख, प्रतिनिधिहरुले सुझाव बमोजिम कार्य गर्ने प्रतिबद्धता जनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x