जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि बालकुमारीमा बस्दै
काठमाडौं — जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समितिको दुई दिने महत्वपूर्ण बैठक भोलिदेखि पार्टीका संरक्षक महन्थ ठाकुर को उपस्थिति तथा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु हुन गइरहेको छ।
बैठकमा जसपाको राजनीतिक प्रतिवेदन, प्रदेशदेखि स्थानीय तहसम्मको सांगठनिक समायोजन, भ्रातृ संगठनहरूको व्यवस्थापन, अग्रगामी मोर्चाको भावी कार्यदिशा, संसदीय बोर्ड गठन, कार्यविभाजन तथा हालैको बाढी विपद् प्रभावितका लागि राहत संकलन जस्ता समसामयिक विषयमा छलफल हुने लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले एसीपी न्युजलाइ जानकारी दिनु भयो ।
उक्त बैठकको प्रारम्भिक सत्र, निर्णय प्रक्रिया तथा समग्र गतिविधिका वारेमा यथार्थ जानकारी दिनको लागि र समाचार संकलन/फोटो-भिडियो कभरेज गरिदलागरि दिन र सञ्चारमाध्यमबाट समाचार संकलन र प्रसारण गरिदिन हुन प्रेस बिज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।



