१९ भाद्र २०८३, शुक्रबार

श्री कृष्ण जन्माष्टमी समितिद्वारा नेपालगन्जमा बाढीपीडित दिवंगत आत्माहरूको आत्मशान्तिका लागि दीप प्रज्वलन तथा हवन सम्पन्न

एसीपी संवाददाता

१९ भाद्र २०८३, शुक्रबार २१:०२ मा प्रकाशित

नेपालगन्ज, भदौ १९ — हालै आएको विनाशकारी बाढीबाट प्रभावित भई ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै नेपालगन्जमा विशेष दीप प्रज्वलन तथा हवन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

श्री कृष्ण जन्माष्टमी समिति परिवार, बाँके, नेपालगन्जको आयोजनामा आज शुक्रवार नेपालगन्ज त्रिभुवन चोक पूर्व लाइनमा उक्त शोक तथा शान्ति सभा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा उपस्थित सहभागीहरूले बाढीका कारण ज्यान गुमाएका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दियो र मैनबत्ती बालेर दिवङ्गत आत्माको चिरशान्तिको प्रार्थना गरेका थिए। साथै, मृत आत्माको मोक्ष र आत्मशान्तिका लागि हवन समेत गरिएको थियो।

विपद्को यस कठिन घडीमा पीडित परिवारजनप्रति समवेदना प्रकट गर्दै सम्पूर्ण नगरवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको बाक्लो उपस्थितिमा कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x