२८ भाद्र २०८३, आईतवार

एथर नेपालको १५औँ एक्सपिरियन्स सेन्टर नेपालगन्जमा, उद्घाटनसँगै विशेष अफर सार्वजनिक

एसीपी संवाददाता

२८ भाद्र २०८३, आईतवार २०:५९ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, भदौ २८ — पश्चिम नेपालको विद्युतीय गतिशीलता (इलेक्ट्रिक मोबिलिटी) लाई थप स्मार्ट र आधुनिक बनाउने उद्देश्यसहित एथर नेपालले बाँकेको नेपालगन्जमा आफ्नो १५औँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।

नेपालगन्जको बसपार्क रोड, न्यू रोड–२ मा स्थापना गरिएको नयाँ एक्सपिरियन्स सेन्टरमार्फत स्थानीय तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, आधुनिक प्रविधि तथा विभिन्न सुविधाको प्रत्यक्ष अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।

नेपालका प्रमुख सहरमा आफ्नो सेवा विस्तार गर्ने क्रममा नेपालगन्जमा नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याइएको एथर नेपालले जनाएको छ। हाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगन्ज, धरान र विराटनगरलगायतका प्रमुख सहरमा एथरका शोरुम सञ्चालनमा रहेका छन्।

एथर ४५० र रिज्टा उपलब्ध
नेपालगन्जस्थित नयाँ एक्सपिरियन्स सेन्टरमा एथरका दुई प्रमुख मोडल Ather 450 र Ather Rizta उपलब्ध छन्।
डाइनामिक तथा रोमाञ्चक राइडिङ अनुभव चाहने ग्राहकलाई लक्षित गर्दै Ather 450 ल्याइएको छ। यसको पर्फर्मेन्ससँगै स्मार्ट तथा प्रविधिमैत्री फिचर्सले सहरी यात्रालाई थप सहज बनाउने कम्पनीको दाबी छ।

त्यस्तै, दैनिक तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको Ather Rizta मा आरामदायी राइड, व्यवहारिकता तथा स्मार्ट फिचर्सको संयोजन गरिएको छ।
आधुनिक प्रविधिले थप स्मार्ट बनाउँदै एथर
एथरका विद्युतीय स्कुटरमा राइडिङलाई सहज र सुरक्षित बनाउन विभिन्न आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।

स्कुटरको थ्रोटललाई उल्टो घुमाएर गति घटाउन तथा ब्रेक लगाउन सकिने ‘Magic Twist’, लामो दूरीको यात्रामा सहजता प्रदान गर्ने ‘Infinite Cruise’ तथा स्कुटरसँग प्रत्यक्ष संवाद गर्न सकिने ‘Voice Interactions’ जस्ता स्मार्ट प्रविधि एथरका प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।

ब्याट्री वारेन्टीदेखि फास्ट चार्जिङसम्म
ग्राहकको विश्वास र दीर्घकालीन सुरक्षालाई प्राथमिकतामा राख्दै एथर नेपालले ‘Ather Assurance’ अन्तर्गत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीका अनुसार ब्याट्रीको दीर्घकालीन सुरक्षाका लागि ‘Eight70 Battery Warranty’ उपलब्ध छ। साथै, नेपालभर ५० भन्दा बढी फास्ट चार्जिङ लोकेसन तथा १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।

नेपालगन्जका ग्राहकलाई विशेष ओपनिङ अफर
नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा आएको अवसरमा नेपालगन्जका ग्राहकलाई लक्षित गरी विशेष अफरसमेत सार्वजनिक गरिएको छ। आगामी असोज ३ गतेसम्म लागू हुने योजनाअन्तर्गत ग्राहकले विभिन्न सुविधा पाउनेछन्।
नगद खरिदमा : ८ वर्षको विस्तारित ब्याट्री वारेन्टी
ईएमआई खरिदमा : ० प्रतिशत ब्याजदरमा वित्तीय सुविधा
एक्सचेन्जमा : थप ८ हजार रुपैयाँ मूल्यांकन बोनस
नयाँ एक्सपिरियन्स सेन्टरमा ग्राहकले एथरका स्कुटरको टेस्ट राइड गर्न, विभिन्न प्रविधिबारे जानकारी लिन तथा चार्जिङ र बिक्रीपछिको सेवासम्बन्धी सम्पूर्ण जानकारी एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्।

एक्सपिरियन्स सेन्टर नेपालगन्जका सञ्चालक दिपेन्द्र बिटले नेपालगन्ज तथा पश्चिम नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएकाले ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै एथरको सेवा नेपालगन्जमा विस्तार गरिएको बताउनुभयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x