३० भाद्र २०८३, मंगलवार

युवा उद्यमशीलताको प्रेरणादायी नाम आदित्य गुप्ता

एसीपी संवाददाता

३० भाद्र २०८३, मंगलवार १३:०६ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज — नेपालगन्जको व्यवसायिक क्षेत्रमा मेहनत, लगनशीलता र नयाँ सोचका साथ आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा व्यवसायी हुन् आदित्य गुप्ता। छोटो समयमै विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय हुँदै गुप्ताले आफूलाई गतिशील र सम्भावनायुक्त युवा उद्यमीका रूपमा स्थापित गर्न सफल भएका छन्।

नेपालगन्जमा सञ्चालित लक्ष्मी प्लाईवुड हार्डवेयर ट्रेड सेन्टर तथा चर्चित पिज्जा ब्रान्ड Laziz Pizza का सञ्चालक गुप्ता व्यवसायलाई केवल आम्दानीको माध्यमका रूपमा मात्र नभई ग्राहकको आवश्यकता, गुणस्तरीय सेवा र विश्वसनीयतासँग जोडेर अघि बढाइरहेका छन्।

निर्माण सामग्री तथा हार्डवेयर व्यवसायमा ग्राहकको विश्वास कायम गर्न सफल गुप्ताले पछिल्लो समय खाद्य तथा आतिथ्य क्षेत्रमा समेत आफ्नो व्यवसायिक उपस्थिति विस्तार गरेका छन्। विशेषगरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएको Laziz Pizza मार्फत उनले आधुनिक स्वाद, गुणस्तरीय परिकार तथा ग्राहक–मैत्री सेवामा जोड दिँदै आएका छन्।

गुप्ताका अनुसार व्यवसायमा सफलता हासिल गर्न निरन्तर मेहनत, जोखिम लिन सक्ने क्षमता, समयअनुसार आफूलाई परिवर्तन गर्ने सोच र ग्राहकको चाहना बुझ्ने क्षमता आवश्यक हुन्छ। यही सोचलाई आत्मसात् गर्दै उनी फरक–फरक क्षेत्रमा व्यवसाय विस्तारसँगै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने प्रयासमा छन्।

युवा पुस्ता रोजगारीका लागि विदेशिने क्रम बढिरहेका बेला आफ्नै ठाउँमा सम्भावना खोज्दै उद्यमशीलतामा सक्रिय गुप्ताको यात्रा अन्य युवाका लागि समेत प्रेरणादायी बन्न सक्छ। नयाँ सोच, प्रविधिको प्रयोग, गुणस्तरीय सेवा र व्यवसायप्रतिको प्रतिबद्धतालाई आफ्नो यात्राको आधार बनाएका गुप्ता आगामी दिनमा व्यवसायलाई अझ विस्तार गर्ने योजनामा छन्।

नेपालगन्जको व्यवसायिक क्षेत्रमा पछिल्लो समय आदित्य गुप्ताको नाम सफल, ऊर्जाशील र सम्भावनायुक्त युवा उद्यमीका रूपमा चर्चामा आउन थालेको छ। उनको व्यवसायिक यात्राले अवसर खोज्न टाढा जानैपर्छ भन्ने होइन, आफ्नै ठाउँमा सम्भावना पहिचान गरी मेहनत र निरन्तर प्रयास गरे सफलताको बाटो निर्माण गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x