२ आश्विन २०८३, शुक्रबार

नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रवक्तामा नन्दराम जैसी मनोनीत

एसीपी संवाददाता

२ आश्विन २०८३, शुक्रबार २०:०३ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, असोज २ — नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रवक्तामा कार्यसमिति सदस्य नन्दराम जैसी मनोनीत हुनुभएको छ।

संघका अध्यक्ष चिरञ्जीवी ओलीले हस्ताक्षर गर्नुभएको पत्रमार्फत जैसीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो। संघको विधानको परिच्छेद–५ अन्तर्गत धारा २५ को (ग) मा रहेको व्यवस्था तथा अध्यक्षलाई प्राप्त अधिकार प्रयोग गर्दै जैसीलाई प्रवक्ता पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ।

अध्यक्ष ओलीले जैसीको अनुभव, ज्ञान, क्षमता र योगदानले नेपालगञ्ज उद्योग वाणिज्य संघलाई थप सुदृढ, प्रभावकारी तथा उद्योगी–व्यवसायीहरूको साझा संस्थाका रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

नवनियुक्त प्रवक्ता जैसीले संघको विधान, नीति, निर्णय तथा संस्थागत मर्यादालाई आत्मसात् गर्दै उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय प्रवर्द्धन र संघको संस्थागत विकासका लागि सक्रिय तथा रचनात्मक भूमिका निर्वाह गर्ने अपेक्षा संघले गरेको छ।

संघले नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका जैसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x