३० कार्तिक २०८३, आईतवार

नेपालगन्जमा थपियो नयाँ आकर्षण: दाजुभाइ किरण र सन्तोष ओलीद्वारा सञ्चालित ‘Mr Flavour Restaurant & Bar’

एसीपी संवाददाता

३ आश्विन २०८३, शनिबार १९:५४ मा प्रकाशित

रिसब सिंह बाडिया/ नेपालगन्ज, बाँके — खानपान र रमाइलो वातावरणका पारखीहरूका लागि नेपालगन्जमा नयाँ गन्तव्यको रूपमा ‘Mr Flavour Restaurant & Bar’ आधिकारिक रूपमा सञ्चालनमा आएको छ।

युवा उद्यमी तथा दाजुभाइ किरण ओली र सन्तोष ओलीको संयुक्त लगानी तथा प्रयासमा यो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। बाँकेको नेपालगन्जस्थित व्यस्त तथा सुगम क्षेत्र पासाङ ल्हामु मार्गमा यो रेस्टुरेन्ट स्थापित गरिएको छ।

“Good Food, Good Mood” र “More Than Just Food” भन्ने नारालाई आत्मसात् गर्दै सञ्चालनमा आएको यस रेस्टुरेन्टले ग्राहकहरूका लागि उच्चस्तरीय खानपान र शानदार आतिथ्यता प्रदान गर्ने सञ्चालकद्वय किरण र सन्तोष ओलीले बताएका छन्।

मुख्य आकर्षक सेवा तथा सुविधाहरू: विभिन्न प्रकारका स्वादिष्ट पिज्जा (Pizza), बर्गर (Burger), स्न्याक्स (Snacks) र कफीका परिकारहरू यहाँ उपलब्ध छन्।

बार तथा हुक्का जोन: साथीभाइ सँगको भेटघाटलाई थप रमाइलो बनाउन व्यवस्थित अल्कोहल बार र हुक्का को सुविधा राखिएको छ।

रेस्टुरेन्ट सञ्चालनको खुसीयालीमा आफ्ना आगन्तुक तथा ग्राहकहरूका लागि १५% सम्मको छुट को विशेष अफर समेत प्रदान गरिएको छ।

परिवार, साथीभाइ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू बिताउँदै उत्कृष्ट परिकारहरूको स्वाद लिन चाहनुहुन्छ भने किरण ओली र सन्तोष ओलीद्वारा सञ्चालित पासाङ ल्हामु मार्गस्थित Mr Flavour Restaurant & Bar मा अवश्य पुग्नुहोला।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x