५ आश्विन २०८३, सोमबार

समाज रूपान्तरणमा जुर्मुराएका बाँकेका युवा नेता धर्मराज वर्मा : जनसेवा नै मुख्य ऊर्जा

एसीपी संवाददाता

५ आश्विन २०८३, सोमबार १६:३२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, असोज ५ — बाँकेको जानकी गाउँपालिकामा युवा नेता धर्मराज वर्मा सामाजिक सेवा र जनसरोकारका विषयमा सक्रिय हुँदै आएका छन्। स्थानीय स्तरमा इमानदार, कर्तव्यनिष्ठ र जुझारु युवा नेताका रूपमा आफ्नो पहिचान बनाएका वर्मा पछिल्लो समय समाज र जनताको सेवामा निरन्तर सक्रिय देखिएका छन्।

राजनीतिलाई पेशाभन्दा पनि जनसेवाको माध्यमका रूपमा लिनुपर्ने धारणा राख्ने वर्माले गाउँपालिकाभित्रका नागरिकका समस्या, आवश्यकता तथा विकासका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकाससँग सम्बन्धित विषयमा उनले निरन्तर आवाज उठाउँदै आएको बताइएको छ।

दीनदुःखी, विपन्न तथा पछाडि परेका वर्गको हकहितका सवालमा समेत वर्मा सक्रिय रहँदै आएका छन्। समस्यामा परेका नागरिकलाई सहयोग गर्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने तथा स्थानीय स्तरका समस्या समाधानका लागि पहल गर्ने उनको कार्यशैलीले उनलाई स्थानीयस्तरमा परिचित बनाएको छ।

“जनताको ओठमा खुसी र गाउँको मुहारमा विकास देख्नु नै मेरो राजनीतिको मुख्य ऊर्जा हो,” युवा नेता वर्माले बताउनुभयो।
युवा पुस्ताको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास राख्ने वर्माले जानकी गाउँपालिकाको विकास र समृद्धिका लागि विभिन्न योजना तथा कार्यक्रमसहित आफ्नो सक्रियता बढाउँदै आएको बताउनुभएको छ।

उनको सक्रियता र सामाजिक सेवाप्रतिको निरन्तरताले स्थानीय युवा तथा ज्येष्ठ नागरिकहरूबीच पनि चासो बढेको देखिन्छ। जनसरोकारका विषयमा निरन्तर सक्रिय रहने र समाज रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेका वर्माको आगामी राजनीतिक तथा सामाजिक यात्रा कस्तो बन्छ भन्ने विषयमा स्थानीयस्तरमा चासोसमेत बढ्दै गएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x