१४ आश्विन २०८३, बुधबार

महेन्द्र युवा सूचना केन्द्रलाई सिकाइ तथा प्रविधि सामग्री हस्तान्तरण

एसीपी संवाददाता

१४ आश्विन २०८३, बुधबार १९:०७ मा प्रकाशित

नेपालगन्ज, बाँके — सेभ द चिल्ड्रेन (Save the Children) को साझेदारी तथा सामाजिक विकास मञ्च (SDF), बाँकेद्वारा सञ्चालित UPLIFT परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित महेन्द्र युवा सूचना केन्द्रलाई सिकाइ तथा प्रविधि सामग्री हस्तान्तरण गरिएको छ।

​युवाहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्न, सूचना तथा प्रविधिमा सहज पहुँच पुर्‍याउन र सिकाइ प्रक्रियालाई अझ प्रभावकारी एवं गुणस्तरीय बनाउने उद्देश्यले उक्त सामग्रीहरू उपलब्ध गराइएको हो।

​सामग्री हस्तान्तरण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनीश वाजपेयी, वडा सदस्यहरू अमन गुप्ता र निखिल वैश्य, तथा सामाजिक विकास मञ्चका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्यायको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

​कार्यक्रममा UPLIFT परियोजनाका संयोजक राम श्रेष्ठ, कार्यक्रम अधिकृत बृजेश नाउ (ठाकुर), फिल्ड अधिकृत सुबनी क्षेत्री र महेन्द्र युवा सूचना केन्द्रकी प्राविधिक मनिषा नाउ (ठाकुर) लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

​सो अवसरमा बोल्दै UPLIFT परियोजनाका कार्यक्रम अधिकृत बृजेश नाउ (ठाकुर) ले भन्नुभयो, “आजको प्रविधिको युगमा युवाहरूलाई डिजिटल सीप र सूचनामा पहुँच पुर्‍याउनु अत्यन्तै आवश्यक छ। हस्तान्तरण गरिएका यी सामग्रीहरूले महेन्द्र युवा सूचना केन्द्रमार्फत स्थानीय युवाहरूलाई कम्प्युटर शिक्षा तथा आधुनिक सिकाइ प्रक्रियासँग जोड्न र उनीहरूको क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।”

​हस्तान्तरण गरिएका सामग्रीहरूले सूचना केन्द्रको दैनिक पठनपाठन तथा कम्प्युटर सिकाइ सञ्चालनमा थप टेवा पुग्ने र स्थानीय युवाहरूलाई सूचना र प्रविधिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

1.5 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x