नेपालगन्ज–१३ गंगापुरमा राष्ट्रिय जनमत पार्टीको १३ सदस्यीय गाउँ कमिटी गठन विजय सिंह बर्माको संयोजकत्वमा नयाँ कमिटी गठन, स्थानीय समस्या र समाधानका विषयमा छलफल
नेपालगन्ज , मसिर ७ गते — राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) ले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ अन्तर्गत गंगापुरमा संगठन विस्तार गरेको छ। पार्टीले आयोजना गरेको विशेष छलफल, पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रमबाट विजय सिंह बर्माको संयोजकत्वमा १३ सदस्यीय गाउँ कमिटी गठन गरेको हो।
नवगठित गाउँ कमिटीको उपसंयोजकमा प्रेम कुम्हार चयन हुनुभएको छ। वडा इन्चार्ज सियाराम कुम्हारको नेतृत्वमा सम्पन्न कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।सो अवसरमा पार्टीका केन्द्रीय सदस्य रोशन चौधरीले स्थानीय जनताका समस्या र आवाजलाई प्राथमिकतामा राखेर संगठन विस्तार तथा जनतासँगको संवादलाई निरन्तरता दिइने बताउनुभयो।
उहाँले भन्नुभयो, “स्थानीय जनताका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि जनतासँगै रहेर काम गर्नु आवश्यक छ। संगठन विस्तारसँगै जनताको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने हाम्रो प्रयास रहनेछ।”
कार्यक्रममार्फत गंगापुरमा पार्टीको संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ।



