११ मंसिर २०८३, बिहीबार

सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा जसपा पनि प्रदर्शन गर्दै

एसीपी संवाददाता

२४ पुष २०७७, शुक्रबार ११:०९ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशका विभिन्न प्रमुख सहरहरूमा प्रदर्शन र सभा गर्ने भएको छ।

पुस २५ देखि माघ ७ सम्म जसपाले देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्न पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरोधमा जसपा सडक संघर्षमा उत्रन लागेको हो। यसअघि पनि उसले विरोधका विभिन्न कार्यक्रम गरिसकेको छ।

पार्टीले सरकारका कदमविरूद्ध चरणवद्ध कार्यक्रम ल्याएको जसपाले उल्लेख गरेको छ।

देशका मुख्य सहरहरूमा हुने कार्यक्रममा पार्टीका शीर्ष नेतालाई जसपाले खटाएको छ।

पुस २५ गते विराटनगर, धनगढी र भैरहवामा कार्यक्रम हुनेछ। पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव विराटनगरमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

अर्का अध्यक्ष महन्थ ठाकुर भैरहवामा हुने कार्यक्रममा सहभागी हुने जसपाले जानकारी दिएको छ।

जसपाले माघ ७ गते सबै जिल्ला सदरमुकामलगायत प्रमुख सहरहरूमा पनि प्रदर्शन र विरोध कार्यक्रम गर्ने भएको छ। सेतोपाटीबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x