१२ असार २०८३, शुक्रबार
पार्वती गुरुङलाई प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन्।
महिला १८–३० वर्षमा नेपाल प्रहरीकी पार्वतीले ७.५० अंक जोडिन्।
सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार डोजाङकी माया मल्ल ६.६६ अंकसाथ पहिलो भइन्।
सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेल पहिलो भए। उनले ६.३६ अंक प्राप्त गरे।
सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते। सेतोपाटीबाट
Subscribe
Login
0 Comments



