११ मंसिर २०८३, बिहीबार

अमेरिकी सांसद प्रमिला जयपालले ट्रम्पमाथि तत्कालै महाभियोगको प्रक्रिया अघि बढने जानकारी

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार ०७:०८ मा प्रकाशित

भारतीय मूलकी अमेरिकी सांसद प्रमिला जयपालले ट्रम्पमाथि तत्कालै महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । ‘यो अहिले नै गरौँ,’ प्रमिलाले भनिन् ।

एजेन्सीहरुबाट / वासिंटन: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदी तत्काल राजीनामा नदिए उनीमाथि  महाभियोग लगाउने तयारी भएको बताइएको छ । सभामुख न्यान्सी पेलोसीले हालै यदी उनले राजीनामा नदिए संसदले उनीमाथि महाभियोगको तयारी गरेको बताएकी हुन् ।

ट्रम्पले भीड मत्थर पार्नुको सट्टा निरन्तर रुपमा थप उत्तेजित अभिव्यक्ति दिन थालेपछी उनीमाथि डेमोक्रयाट सांसदहरुले महाभियोग लगाउने बारे छलफल गरिरहेका छन् ।ट्रम्पका समर्थकहरुको भीडले गत बुधबार क्यापिटल हिलमा छिरेर हिंसात्मक आक्रमण गरेपछि ट्रम्पमाथि यस्तो दबाब बढेको हो । गत नोभेम्बर ३ मा अमेरिकामा भएको निर्वाचनमा ट्रम्पले हारेपछि पनि परिणाम अस्वीकार गर्दैआएका ट्रम्पले पछिल्लो समय निर्वाचन चोरी भएको भन्दै विद्रोह गर्न समर्थकहरुलाई उत्तेजित पार्ने अभिव्यक्ति दिँदैआएका थिए ।

‘यस्तै भारतीय मूलकी अमेरिकी सांसद प्रमिला जयपालले ट्रम्पमाथि तत्कालै महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने बताएकी छन् । ‘यो अहिले नै गरौँ,’ प्रमिलाले भनिन् ।

पछिल्लो समय अमेरिका मात्रै नभएर क्यानडा, बेलायत, जर्मनी सहित थुप्रै देशका राष्ट्रप्रमुखहरुले ट्रम्पको कडा आलोचना गरेका छन् । साथै अमेरिकी संसदमा भएको घटनाको विरोध गरेका छन् ।

अमेरिकी सांसदहरुले भने उनीमाथि तत्काल महाभियोग लगाउन माग गर्दैआएका छन् । त्यसो त ट्रम्पमाथि यसअघि पनि २०२० मा उनीमाथि महाभियोग लगाइएको थियो । ट्रम्पले भने अघिल्लो दिन शान्तिपूर्ण रुपमा सरकार हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिए पनि चुनावी परिणाम स्वीकार नगरेको अभिव्यक्ति दिएका छन् ।

साथै उनले २० जनवरीमा हुने हस्तान्तरण तथा उद्घाटनसभामा उपस्थित नहुने प्रतिक्रिया दिए । ट्रम्पले निरन्तर विवादास्पद र साम्प्रदायीक अभिव्यक्ति दिन थालेपछि फेसबुकले समेत उनीमाथि प्रतिबन्ध लगाएको छ । ट्वीटरले त उनीमाथि स्थायी रुपमै प्रतिबन्ध लगाइदिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x