सीमाभित्र पसेका एक चिनियाँ सैनिक भारतीय सेनाको नियन्त्रणमा
बिगत केही महिना देखि भारत र चीन बिच तनाव बढी रहेको बेला दुबै तर्फबाट सेना तयारी अवस्था सतर्क रहेको बेला सीमाभित्र घुसेका चिनियाँ सैनिक भारतीय सेनाका जवानहरुले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतीय सीमामा घुसेका एक चिनियाँ सैनिकलाई भारतीय सुरक्षा बलले नियन्त्रणमा रहेको बताईएको छ । पूर्वी लद्दाखको प्यागोङ तालको दक्षिणी क्षेत्रमा शुक्रबार बिहान यो घटना भएको हो ।
भारतीय अधिकारीले भनेका छन्( पिपुल्स लिबरेसन आर्मी (पीएलए) का ती सैनिक वास्तविक नियन्त्रण रेखा (दुई देशको सीमा) नाघेर भारतीय क्षेत्रमा प्रवेश गरेका थिए। एक जना सैनिकले मात्र कसरी बाटो भुले होला जब सिमा सुरक्षामा टोलि टोलि सेना हिन्ने गर्छ त्यस अनुसन्धान गरि चली रहेको छ । चिनियाँ सैनिक यसरी एक्लै भेट्टाउनू भनेको रहस्यमय हुन सक्छ ।
त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मीले उनलाई हिरासतमा लिएका हुन्। समाचार एजेन्सी आजतकमा रहेको समाचारका अनुसार चीनले आफ्नो एक जना सैनिकलाई भारतले नियन्त्रणमा लिएको र सो सैनिकलाई तत्काल फिर्ता गर्न माग गरेको छ । उता भारतले पक्राउ गरिएका चिनियाँ सैनिकबारे निर्धारित प्रक्रियाबमोजिम अनुसन्धान भइरहेको जानकारी दिइएको छ । यसअघि पनि भारतीय सैनिकले एक चिनियाँ सैनिक पक्राउ गरेर पछि फिर्ता गरेको थियो।



