१२ असार २०८३, शुक्रबार

पूर्व पिएलए नेपाल बाँकेको सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार १५:२७ मा प्रकाशित

बाँकेको कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरुको भेला हुने भएको छ । पूर्व पिएलए नेपाल बाँकेको आयोजनामा भोली सोमबार कोहलपुरमा पूर्व जनमुक्ति सेनाहरु एकत्रित हुने भएका हुन ।

शहिद स्मृती भवनमा हुने भेलालाई जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा प्रभाकर र पुर्व कमाण्डर जिवन बुढाले सम्बोधन गर्ने बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रतिगामी कदम बिरुद्ध रणनिति तय गर्नकालागि पूर्व जनमुक्ति सेनाहरुको भेला आयोजना गरीएको पूर्व पिएलए नेपाल बाँकेले जनाएको छ ।

दिनको २ बजेबाट सुरु हुने भेलामा सहभागी हुन पुर्व जनमुक्ति सेनामा आवद्ध सबैलाई आह्वान गरीएको छ । काँचुलीखबरबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x