१४ आश्विन २०८३, बुधबार

भारतमा आगामी शनिवारदेखि ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप लगाउने अभियान

एसीपी संवाददाता

२६ पुष २०७७, आईतवार १८:५५ मा प्रकाशित

एजेन्सी / भारतमा आगामी शनिवारदेखि कोरोनाविरुद्धको खोप अभियान शुरु हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो अभियानलाई महत्वपूर्ण कदम भन्दै जुलाई सम्म ३० करोड जनतालाई खोप लगाउने बताउनुभयो ।

पहिलो चरणमा स्वास्थ्य क्षेत्र र अग्रमोर्चामा काम गर्ने ३ करोड जनतालाई खोप दिइनेछ । त्यसपछि ५० वर्ष भन्दा बढी उमेरका र गंभीर प्रकृतिका स्वास्थ्य समस्या भएका करिब २७ करोड जनतालाई खोप लगाइने तयारी छ ।

भारतमा अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको अस्ट्राजेनेका र स्थानीय रुपमा उत्पादन भैरहेको कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिइएको छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा रहेको छ ।

कोभिड(१९ बाट भारतमा अहिलेसम्म एक करोडभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख ४८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यो महामारी नियन्त्रणको लागि अहिले विश्वका धेरै मुलुकहरुमा कोरोना खोप कार्यक्रम सुरु पनि भइसकेको छ । यस्तोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि महामारी नियन्त्रणको लागि ‘दबाइ भि, कडाइ भि’ नारा अघि सारेका छन् । यसले पनि भारत अबको केही समयमा नै कोरोना खोप कार्यक्रम ल्याउने दिशामा अघि बढिरहेको बताएका थिए । सोही अनुसार खोल लगाउने अभियान भारत तिब्र पारिएको हो । यसैबीच कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x