१४ आश्विन २०८३, बुधबार

मधेसमा चिनियाँ मिसनलाई अघि बढाउन आएको पैसा कहाँ छ ?

एसीपी संवाददाता

२७ पुष २०७७, सोमबार ०९:५५ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा चिनियाँ मिसनलाई अघि बढाउन केही दिनअघि पैसा लिएको तथ्य बाहिर आयो।

मन्त्रीबाट हटाएको झोंकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध क्रुद्ध रहेका यादवले पछिल्लो राजनीतिको परिस्थितिको फाइदा उठाउँदै मधेसमा चिनियाँ मिसन सञ्चालन गर्न उक्त पैसा लिएका थिए ।

नेपालमा राजनीतिक सन्तुलन कायम गर्न पूर्ण कसरत गरिरहेको चीनले उपेन्द्र यादवलाई मधेसी जनतालाई भड्काउन ४ करोड दिएको थियो ।

पुस १४ गते भैरहवाको होटल मौर्यामा उपेन्द्र यादवले प्रचण्ड–नेपाल समूहको पक्षमा मधेसमा आन्दोलन गर्न चिनियाँ निर्देशनअनुसार चार करोड लिएको सार्वजनिक भएको छ ।

होटल मौर्यामा चिनियाँ एजेन्टका रुपमा रहेका नेपाली नागरिक मनोजमान श्रेष्ठले नेता यादवलाई उक्त रकम दिएको बुझिएको छ । श्रेष्ठ अरनिको समाजका अध्यक्ष हुन् । भैरहवा विमानस्थल बनाइरहेको चिनियाँ कम्पनीसँग निकट छन् । भैरहवा विमानस्थल नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले बनाइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्ध मधेसको जिल्लाहरुमा आन्दोलन गर्न, जुलुस निकाल्न, आमसभा गर्न र ओलीको पुत्ला जलाउने जस्ता गतिविधि गर्नका निम्ति चीनले यादवलाई जिम्मेवारी दिएको छ ।

चीनले संसद पुनस्थापना गराउने यो मिसन सफल भएपछि प्रचण्डको सरकार बनाउने र उपेन्द्र यादवलाई गृहमन्त्री बनाउने सम्मको आश्वासन दिएको स्रोतबाट थाहा हुन आएको थियो ।

कहाँ छ चिनियाँले दिएको पैसा?

जसपा स्रोतका अनुसार उपेन्द्र यादवले उक्त पैसा लाजिम्पाटस्थित जापानिज राजदूतावास नजिकै रहेको एक अपार्टमेन्टमा राखेका छन् ।

उक्त अपार्टमेन्ट यादवले पछिल्लो वर्षमात्रै खरीद गरेका थिए । चीनबाट आउने आर्थिकसहित हरेक खालको सहयोग श्रेष्ठमार्फत यादवकहाँ पुग्छ।

त्यतिमात्र होइन श्रेष्ठले चाइनिज करेन्सीलाई नेपालीमा साटेर यादवलाई बुझाउँछन् । यसबाहेक श्रेष्ठले यादव र उनको पार्टी जसपाका कार्यकर्तालाई चीन भ्रमणको प्रबन्ध पनि मिलाउने गर्दै आएका छन् ।

लाजिम्पाटको फ्ल्याटलाई उपेन्द्रले पैसाको लेनदेन र अन्य गोप्य शंकास्पद गतिविधिका लागि प्रयोग गर्दै आएको उच्च स्रोतको दावी छ ।

हाल उपेन्द्र यादव चिनियाँ मिसन अन्तर्गत आन्दोलनका लागि देश दौडाहामा छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x