१४ आश्विन २०८३, बुधबार

अमेरिका र युरोपलाई कोरोना भाइरस बारे चिनमा अध्यन गर्नबाट किन रोक

एसीपी संवाददाता

२८ पुष २०७७, मंगलवार ०६:०८ मा प्रकाशित

एजेन्सी बाट । चिनको बुहानबाट शुरु भएको कोरोना महामारीले अहिले बिश्व भर कोरोना संक्रमितको संख्या ९ करोड १३ लाखभन्दा माथि पुगेको छ । ६ करोड ५२ ५२ लाखभन्दा बढी निको भइसकेका छन् । चिनबाट कोभीड १९ कोरोना महामारीको बिस्तार भएको भन्दै अमेरिका भन्दै आएको भए यश बारेमा अध्यन गर्न चीन नमान्दा झन सन्का उतपन्न भएको हो । बिदेशी दबावका कारण अहिले चीनले बल्ल बिश्व स्वास्थ्य संगठन लाई अध्यञ गर्न दिएको हो । ब्ल्ब्ब्लुडब्लु डट वर्ल्डोमिटर्स डट इन्फो स्याल्यास कोरोना भाइरसका अनुसार हालसम्म १९ लाख ५२ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

जर्मनीमा भ्याक्सिनले स्वीकृति पाए पनि संक्रमणबाट जोगिन सरकारले अधिकतम सतर्कता अपनाएको छ । मंगलबार जर्मनीका चान्सलर एन्जेला मर्केलले महत्त्वपूर्ण बैठक गर्दै छन् । सरकारले संक्रमणको प्रसार रोक्न प्रतिबन्धलाई अझ कडा गर्ने अनुमान गरिएको छ । अर्कातर्फ चिनले डब्लुएचओको टिमलाई त्यहाँ कोरोना भाइरस प्रसारबारे परीक्षणका लागि स्वीकृति दिएकामा डब्लुएचओले चिनको निर्णयको स्वागत गरेको छ ।

जर्मनीका स्थानीय संचार माध्यमले सरकारले १ फ्रेबुवरीसम्म बन्द गरेका शिक्षण संस्था थप बन्द गर्न सक्ने उल्लेख गरेका छन् । यसबाहेक यात्रामा पनि सीमितता रहन सक्ने अनुमान गरिएको छ । मर्केलले अवस्था नाजुक रहेकाले कुनै जोखिम उठाउन नसकिने पहिल्यै बताइसकेका छन् । नागरिकलाई नौ किलोमिटरभन्दा टाढासम्म जाने अनुमति नदिइने अनुमान गरिएको छ । त्यहाँका औषधी पसल मात्र खुल्नेछन् । बाह्य देशबाट आउनेले १० दिन आइसोलेसन बस्नैपर्नेछ । त्यहाँ आइतबार १७ हजार नयाँ संक्रमित भेटिएका थिए । साथै ज्यान गुमाउनेको संख्या ४ सय ६५ पुगेका थिए ।

कसैलाई पनि भाइरस प्रसारसम्बन्धी अध्ययनका लागि स्वीकृति नदिएको चिनले मात्र डब्लुएचओको विशेषज्ञ टोलीलाई अनुमति दिएको छ । अमेरिकाले यस विषयमा निरन्तर प्रश्न उठाएको थियो । अमेरिका र बेलायतका विशेषज्ञ रहेको स्वतन्त्र टोलीलाई भने चिनले अध्ययन गर्न अनुमति दिएको छैन ।आइतबार अमेरिकामा एक लाखभन्दा बढी नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । सिएनएनको रिपोर्टका अनुसार ४० दिनदेखि त्यहाँ हरेक दिन एक लाखभन्दा बढी कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन् । कोरोना टास्क फोर्सले पुनः सर्वसाधारणलाई सावधान रहन अनुरोध गरेको छ । विशेषगरी मास्क लगाउन र सामाजिक दूरी पालना गर्न अनुरोध गरिएको छ ।

फ्रान्स सरकारका प्रवक्ता गेब्रियलस एटलले त्यहाँ अब थप लकडाउन नगरिने बताएका छन् । युरोपको एक रेडियोलाई दिएको अन्तर्वार्तामा एटलले भनेका छन्, ‘हामीले अत्यन्त संयमका साथ दुई लकडाउन पालना गर्ने गराउने गरेका छौँ । नागरिकको संयमताका कारण कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सफल भएका छौँ ।’ बिग्रँदो अवस्थाका कारण स्वास्थ्य विभागको निर्देशनको पालनाचाहिँ आवश्यक रहेको उनले स्मरण गराएका छन् ।

अन्यथा अवस्था पुनः बिग्रन सक्ने चेतावनी पनि दिइएको छ । फ्रान्स सरकारले कोरोनाविरुद्धको भ्याक्सिन पनि ठुलो परिमाणमा सुरु गरेको छ । त्यहाँ यसै महिनाको अन्त्यसम्ममा २० लाख मानिसलाई भ्याक्सिन उपलब्ध गराउने योजना छ । एजेन्सीहरू

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x