स्थायित्वका लागि संसद विघटन-गृहमन्त्री बादल’
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्थायित्वका लागि संसद विघटन आवश्यक रहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अस्थिरता पैदा हुने अवस्था आएकै कारण संसद बिघटन गरिएको बताउनुभएको हो ।
घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षलाई भूमि अतिक्रमण गर्न सहज
उहाले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप समेत लगाउनुभयो ।
सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको उहाको भनाई छ ।
आफूहरुले नयाँ नेपाल बनाउन चाहेको बताउँदै बादलले समाजवादी नेपालले मात्र सबैलाई समृद्ध बनाउने उल्लेख गर्नुभयो ।
मन्त्री थापाले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउने कदम ठिक थियो कि थिएन भन्ने बहस हुनुपर्नेमा जोड दिनुभयो । थापाले क्रान्तिकारी विचार नीति र त्यसको कार्यान्वयन, एकताको पक्ष नै अहिले सही बिचार भएको तर्क गर्नुभयो ।
राजनीति भनेको समाज परिवर्तनको दर्शन भएको र दल भनेको परिवर्तन भएको भन्दै उहाले राजनीतिकै कारणले परिवर्तन हात पारेको जिकिर गर्नुभयो । उहाले गएको तीन वर्षमा ७ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर पु¥याउँदै देश विकास गरिरहँदा अहिले अवरोध गरिएको धारणा राख्नुभयो ।


