११ मंसिर २०८३, बिहीबार

कम्युनिस्टहरूभित्रको कुर्सी र जुँगाको लडाइँले गर्दा वैशाखमा चुनाव हुँदैन कि भन्ने आशंका-खतिवडा

एसीपी संवाददाता

६ माघ २०७७, मंगलवार ०५:२४ मा प्रकाशित

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनतालाई झुक्काउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर वैशाखामा चुनावको घोषणा गरेको आरोप लगाएका छन् ।ओखलढुंगाको नेपाली कांग्रेस लिखु गाउँपालिका कार्यसमितिद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूभित्रको कुर्सी र जुँगाको लडाइँले गर्दा वैशाखमा चुनाव हुँदैन कि भन्ने आशंका बढेर गएको बताए

चुनाव समयमा गर्न आलटाल भयो भने कांग्रेसले ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाउने उनले चेतावनी दिएका छन् । निर्वाचनका लागि कांग्रेसले निरन्तर सडकबाट दवाव सिजर्ना गरिहने उनले बताएका छन् ।वैशाखमा चुनाव गर्नुपर्छ । जनतालाई झुक्काउन पाइँदैन’, उनले भने, ‘हिम्मत छ भने बोलेको कुरा गर्नुस् ओलीजी । होइन भने जनता झुक्काउने काम नगर्नुस् ।’

युवा नेता खतिवडाले कम्युनिस्टहरूभित्रको लडाइँले गर्दा सत्ता चलाउन नसकेर प्रतिनिधि सभा विघटन गरेको बताए । उनले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारविरुद्ध कांग्रेसले सधैँ संघर्ष गर्ने भन्दै कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानको रक्षामा गर्ने बताए । उनले वैशाख १७ र २७ गतेको निर्वाचनको मिति जनतालाई झुक्यउनलाई गरेको आरोप लगाए ।‘वैशाखमा साँच्चिकै चुनाव गरेर देखाउनुस् प्रधानमन्त्रीजी ओखालढुङाबाट कम्युनिस्टहरूको जमानत जफत गराइदिने छौँ’, खतिवडाले भनेका छन् ।

‘चुनावको मैले बेला भनेको थिएँ । यो गठबन्धन चोयाको भएकोले चुडिएर जाने हो । त्यस बेला मैले जे भने थिएँ, त्यहि भएको छ’, उनले भनेका छन् । ‘२०७० सालमा संविधान बनाउन भनेर पठाउनु भयो हामी सबै मिलेर संविधान बनायौँ’, उनले भने, ‘आफ्नो कर्तब्य राम्रोसंग निभाएका छौँ । कम्युनिस्टले बोलेको कहिल्यै पूरा गरेका छैनन् ।’२०७४ सालमा अरुलाई जिताएर पठायौँ । २ वर्षपछि आफै संसद बिघटन गरेर देशलाई फेरि अस्थिरतातिर लगेका छन्’, खतिवडाले भने, ‘कांग्रेसले कहिल्य पनि ढाँटेर राजनीति गर्दैन । जे गर्छ त्यही बोल्छ । जे बोल्छ त्यही गर्छ ।’

नेपाली कांग्रेस ओखालढुंगाका सभापति प्रदीपकुमार सुनुवारले दुईतिहाइको सरकार हुँदा समेत कम्युनिस्टहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए ।उनले केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कम्युनिस्टहरूको आलोचना गरे । सभापति सुनुवारले अझै उल्टो आफू असुरक्षित भएको अभिव्यक्ति दिएर ओलीले लाजमर्दो कुरा गरेको बताए । पहरानेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x