११ मंसिर २०८३, बिहीबार

भारतिय एसएसबिद्वारा उखु तस्करी नियन्त्रण गर्न कडाई

एसीपी संवाददाता

६ माघ २०७७, मंगलवार ०९:११ मा प्रकाशित

अहिले जहाँ कोरोना महामारिका कारण विभिन्न सिमानाकामा नेपाल भारत सिमाना सिल रहेको बेलामा पनि तस्करी भइ रहेको समाचार बाहिर आउन साथ सिमानामा दुबै तर्फ रहेका सुरक्षा बलहरुले तस्करी रोक्ने प्रयास जारी राखेका छन । अहिले सजिलै कञ्‍चनपुरको बेलौरीमा नाका सङ जोडिएको ३५ र ३६ नम्बरको सिमा स्तम्भ नजिक तैनात रहेका भारतिय सिमा सुरक्षा बल एसएसबिले अहिले उखु तस्करीलाई नियन्त्रण गर्न कडाई गरि रहेको स्थानीयबासिहरुले बताएका छन् । भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा अहिले नेपालबाट शसस्त्र सिमा बल र भारतिय छेत्र बाट एस एस बि ले सिमा नाका कडाई गरेको हो । । अहिले क्षेत्रमा उखु तस्करीलाई रोक्‍न चेकपोइन्ट स्थापना गरिएको भारतिय सुरक्षा निकायले स्पष्ट पारेको छ ।
भारतीय सशस्त्र सीमा बल एसएसबीले भारतको पिलभीत जिल्ला र कञ्‍चनपुरको बेलोरी र बेलडाँडी नगरपालिकाको सीमा जोडिएको क्षेत्रमा चेकपोइन्ट स्थापना गरिएको जनाएको छ । यस सीमा क्षेत्रमा स्थानीयहरुले उखु बाली बिक्रीका लागि लैजाने गरेका छन् । यो उखुको सिजन भएका कारण एसएसबीका अधिकारीहरूले भारतीय क्षेत्रमा सीमा छेउछाउको अस्थायी चेकपोइन्टहरु स्थापना गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x