२६ आश्विन २०८३, सोमबार

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेस, बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गर्दै

एसीपी संवाददाता

८ माघ २०७७, बिहीबार १०:३० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।

संसद बिघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको हो ।

६ हजार ७४३ वडामा आयोजना गरिएको विरोध प्रदर्शनमा नेताहरुले सम्बोधन गरेका थिए । त्यस्तै काठमाडौंमा भएको प्रदर्शनमा शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

यसै क्रममा कांग्रेसले माइतिघरमा आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेस नेता प्रकाशमान सिंहले संविधानलाई बेवास्ता गरेर प्रधानमन्त्रीले एकलौटी ढंगले संसद बिघटन गरेकाले कांग्रेस विरोध प्रर्दशनमा उत्रिएको बताउनुभयो ।

उहाले मुलुकलाई तानाशाही शासनतर्फ अघि बढाएको र एकलौटी रुपमा निर्वाचनको घोषणा गरेको तर्क गनुभयो ।

यसअघि कांग्रेसले संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x