१२ मंसिर २०८३, शुक्रबार
विप्लव समूहले घोषणा गरेको बन्दका दिन ट्रकमा आगजनी
दार्चुला। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बन्द घोषणा गरेको दिन ट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट आइरहेको सुप्रप ००१ क १५४८ नम्बरको ट्रकमा शनिवार दिउँसो ३ बजेतिर दार्चुलाको शैल्यशिखर नगरपालिका ९ नक्तड (ठूलशैन) जंगल नजिक आगजनी भएको हो ।
आगजनीबाट बसको अगाडीको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर ऐेरीले जानकारी दिए ।
आगलागी कस्ले र कसरी भयो भन्नेबारे अनुन्सधान भइरहेको प्रहरी जनाएको छ । सरकारकाद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आज बन्द घोषणा गरेको थियो।
Subscribe
Login
0 Comments


