१२ मंसिर २०८३, शुक्रबार

अमेरिकी राजदुत बेरि र पुष्पकमल दाहाल बिच भेट्वार्ता

एसीपी संवाददाता

१२ माघ २०७७, सोमबार १७:५८ मा प्रकाशित

अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो आन्तरिक राजनीतिक घटनाक्रम र केही दिन अघिमात्र आफ्नो ४ वर्षे कार्यकाल सम्हालेका अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको प्राथमिकता बारेमा कुराकानी भएको थियो ।
भेटपछि ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘नयाँ अमेरिकी राष्ट्रपति प्रशासनको प्राथमिकताहरु बारे छलफल गर्ने शृंखलाबद्ध भेटवार्ताका क्रममा मैले दाहाललाई भेटेको हुँ । मैले लोकतन्त्रलाई सुदृढ पार्ने, जलवायु परिवर्तनको विरुद्ध लड्ने र विश्वभर महिला र केटीहरुको अधिकारको उत्थान गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याएको छु ।’

स्रोतका अनुसार उक्त भेटमा बेरीले दाहालसँग नेपालको आन्तरिक राजनीतिक घटनाक्रमको बारेमा पनि जिज्ञासा राखेका थिए । दाहालले बेरीसँग राजनीतिक घटनाक्रमबारे आफ्ना कुराहरु पनि राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै नेपालको आन्तरिक राजनीतिमा फेरि अन्योल सिर्जना भइरहेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सपथ खाए लगतै राजदूत बेरीले सबैभन्दा पहिले नेकपा (ओली समूह) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग माघ ८ गते बालुवाटार पुगेर भेटवार्ता गरेका थिए । अमेरिकी दूतावासका अनुसार यी भेटवार्ताहरु नेपाल सरकार र राजनीतिक दलका नेताहरुसँग नयाँ राष्ट्रपतीय प्रशासनको विश्वव्यापी प्राथमिकताहरुबारे छलफल गर्न राजदूत बेरीले उच्चस्तरीय बैठकहरु गरेका हुन् । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x