३० श्रावण २०८३, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो ।

एसीपी संवाददाता

२१ माघ २०७७, बुधबार ०७:१७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि आफू सधैं तयार रहेको बताउनुभएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरै भन्दा धेरै खेलमा नेपालले सहभागीता जनाउनु पर्नेमा जोड दिदै यस क्षेत्रको बिकासका लागि आफु प्रतिवद्ध रहेको बताउनुभयो ।कोरोनाका कारण खेलकुद क्षेत्र पछि परेको बताउँदै प्रधानमन्त्री ओलीले अब भ्याक्सिन आइसकेको अवस्थामा नेपाली खेलकुदले गति लिने विश्वास पनि व्यक्त गनुृभयो । प्रधानमन्त्री ओलीले कोरोनाका कारण बजेट घटेको स्वीकार गर्दै यसै वर्ष कोरोनालाई परास्त गर्ने अभियानमा सरकार रहेको बताउँदै बजेट बढ्ने आश्वासन पनि दिनुभयो ।खेलकुदका पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रीत रहेको बताउनुभयो ।

पूर्वाधारको सवालमा खेलाडीहरुको प्रश्नको जवाफ दिँदै सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा केही व्यक्तिको इगोका कारण पनि समस्या भएको जिकिर गर्नुभयो ।चुनाव पछि आउँदो आर्थिक वर्षको बजेट पेश हुँदा पूर्वाधार निर्माणका लागि बजेट पेश गर्ने उहाले प्रतिवद्धता जनाउनुभयो ।उहाले राखेपमा कार्यरत अस्थायी र करारका कर्मचारीहरुको पनि व्यवस्थापन गर्ने बताउनुभयो । यसैगरी उहाले युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई राखेपका कर्मचारीको बढुवा लगाएतका समस्या समाधानका लागि विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिनुभयो । कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले ७५३ स्थानीय तहमा चार वर्ष सम्म महिला र पुरुष फुटबल प्रतियोगिताका लागि बजेट माग गरेको छ । नेपाल भलिबल संघले राष्ट्रिय खेल भए पनि कभर्डहल बनाउनका लागि ध्यानाकर्षण गराएको छ भने मार्सल आर्टसले पनि पूर्वाधारबारे ध्यानाकर्षण गराएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x