१२ मंसिर २०८३, शुक्रबार

ट्राफिक नियम उल्लंघनको जरिवाना अवदेखि अनलाइनबाटै तिर्न मिल्ने

एसीपी संवाददाता

२१ माघ २०७७, बुधबार ११:५१ मा प्रकाशित

ट्राफिक नियम उल्लंघनको जरिवाना अवदेखि अनलाइनबाटै तिर्न मिल्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जरिवाना तिर्न मिल्ने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याएको जनाएको छ । बुधबार ट्राफिक प्रहरी महाशाखा र इसेवाबीच अनलाईन इसेवा एपवाटै शुल्क तिर्नसकिने सम्झौतामा हस्ताक्षर भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भटराईले टीभीआरएस ट्राफिक भायोलेन्स रेकर्ड सिस्टममार्फत अनलाइन जरिवान तिर्न मिल्ने भएको बताउनुभयो ।अब ट्राफिक नियम उल्लंघनकर्ताले जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने बाध्यता हटेको उहाले बताउनुभयो । त्यस्तै उहाले ट्राफिक व्यवस्थाहरुलाई क्रमश प्रविधी मैत्री बनाउदै लगिने जानकारी दिनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x