१२ मंसिर २०८३, शुक्रबार

बस्नेतको नेतृत्वमा हजारौं युवा सडकमा, प्रचण्ड-माधवका कार्यकर्ताहरुकाे भागाभाग किन ?

एसीपी संवाददाता

२२ माघ २०७७, बिहीबार ११:५८ मा प्रकाशित

काठमाडौं। आज (बिहीबार) नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहले देशभर बन्द हड्ताल जारी राखेको छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता महेश बस्नेतको नेतृत्वमा हजारौं युवा सडकमा उत्रिएका छन् ।

जनजिवन नै कष्टकर बन्ने गरी प्रचण्ड समुहले गरेको हड्तालको विरोधमा प्रधानमन्त्री ओलीको पक्षमा महेश बस्नेतसहित हजारौं युवा सडकमा उत्रिएका हुन् ।

प्रचण्ड समुहले यसरी जनजिवन संकटमा पार्दै ओली सरकारविरुद्ध गरेको हर्कतविरुद्ध ओली निकट कार्यकर्ताहरु सडकमा आएका हुन् । ओली निकट कार्यकर्ताको जनसागर सडकमा उत्रेपछि प्रचण्ड समुहका बन्दकर्ताको भागाभाग भएको हो ।

उनीहरुले  ‘नेपाल बन्द होइन बन्दैछ, केपी ओली ‘आइ लभ यू’ अघि बढ केपी बा, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, केपी ओली जिन्दावाद’ भन्दै नारा लगाएका छन् नेपाल् पाना ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x