१५ आश्विन २०८३, बिहीबार

बाँकेका सिडिओ कुरुम्वाङ र श्रेष्ठ प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित हुने

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार १०:१६ मा प्रकाशित

< संवाददाता - बाँकेका प्रमुख जिल्ला अधिकारी सिडिओ राम बहादुर कुरुम्वाङलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित गरिने भएको छ । साथै बाँकेमा रही स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सनमा कार्य गरेका हाल बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश बाबु श्रेष्ठलाई समेत प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित हुने भएका छन् ।

नेपाली सेनाले आफ्नो स्थापना दिवसको दिन कुरुम्वाङ र श्रेष्ठलाई पदक दिने घोषणा गरेको हो । कुरुम्वाङ र श्रेष्ठले कोभिड नियन्त्रण, निदान र उपचारमा उल्लेखनीय भुमिका निभाएको सेनाले निस्कर्ष निकालेको छ ।

ज्ञात होस कि बाँकेमा सिडिओ राम बहादुर कुरुम्वाङ आउँदा कोभिड १९ महामारीको त्रास झेली रहेका नेपाली जनतामा सचेतनाको आभावलाई न्यूनिकरण गर्दे सिडिओ कुरुम्वाङले सम्पुर्ण नेतृत्व लिदै आफै दिनरात खटी फिल्ड देखाका थियो ।

लकडाउनका बेलामा समेत स्थानिय जनतालाई सचेतना गराउनुका साथै अनावश्यक हिन्ने कडा कार्यवाही गरेका थिए । जनपम प्रहरी,शसस्त्र प्रहरी र सेना संग समन्वय गरेर कोरोना भाईरस महामारीको क्रमलाई तोड्न लकडाउन माध्यमबाट सफलता हासिल भएको थियो । बाँके जिल्ला निकै संवेदनशिल क्षेत्र मध्य एक रहेको छ । दुबै जनालाई शिबरात्रीको दिन एक समारोहका साथ पदक दिने सेनाले जनाएको छ । चीनको बुहानबाट शुरु भएको कोरोना महामारीका कारण पुरै बिश्वनै आतंकित रहेको बेलामा सम्बन्धित निकाय सुरक्षकर्मी र स्वास्थ्य कर्मी सहित फ्रन्टलाईमा काम गर्ने सबै सम्मान हुने हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x