१२ मंसिर २०८३, शुक्रबार

निषेधित क्षेत्रमा लगाइएको काँडे तारबार भत्काउन खोजेपछी प्रहरीद्धारा लाठी चार्ज

एसीपी संवाददाता

२९ माघ २०७७, बिहीबार १८:०२ मा प्रकाशित

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा काठमाडौंको बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो  । झाँक्रीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

झाक्री रिहा भए पछि के हुन्छ अबको रणनीति ?

निषेधित क्षेत्रमा लगाइएको काँडे तारबार भत्काउन खोजेपछी प्रहरीले लाठी चार्ज गरेको थियो । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिभिन्न अस्पताल लगिएको थियो ।

आक्रोशित प्रदर्शनकारीले प्रहरीको बा १ ग २१८६ नंवरको गाडी तोडफोड गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x