प्रचण्डले गरे खुलासा ओलिका थुप्रै नेता आउने तयारीमा
नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ओली पक्षका गएका अधिकांश नेता तथा कार्यकर्ता मुल पार्टीमा फर्कने दावी गर्नुभएको छ ।
आफ्नो पक्षले मुल नेकपा भएको भन्दै प्रचण्डले ओलीपक्षका नेताहरु आफुतिर आउन निरन्तर छलफल भइरहेको बताउनुभयो । बिहीबार काठमाडौंमा नेकपा सोलुखुम्वुको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रचण्डले मन्त्री, सांसददेखि अन्य नेताहरु निरन्तर आफुसंगको सम्वादमा रहेको भन्दै छिटै फर्कने तर्क गर्नुभयो । प्रचण्डले पार्टी एकतादेखि नै ओलीले सहमति बेगर आफुखुसी काम गर्दै हिडेकाले अहिलको अवस्था आएको धारणा राख्नुभयो । पाटि एकता गर्दा राजनितिक प्रतिवेदन र विधान गरी २ वटा आधार तय गरेको भन्दै उहाले अव पनि सोहि आधारमा पार्टीलाई मजबुद गर्दै लैजाने बताउनुभयो । उहाले ओलीले पार्टी फुटेको भन्दै भ्रम छरेकाले अनावश्यक भ्रममा नलाग्न पनि उहाले आग्रह गर्नुभयो ।
त्यस्तै नेकपा प्रचण्ड–नेपाल पक्षका अर्का अध्यक्ष माधव कुमार नेपालले समस्या पार्टी भित्रको नभएर संविधान र लोकतन्त्रको रक्षाको लागि भएको बताउनुभयो । उहाले निर्वाचन आयोग र अदालतले नियम र संविधान अनुसार निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले अब केपि ओलीसंगको सम्वन्ध एकादेशको जस्तो भएको तर्क समेत गर्नुभयो ।


