कोरोना बिरुद्धको खोप प्रदान गरेको भारतले बिश्वलाई दियो नयाँ बाटो
एजेन्सी । अहिलेसम्म बिश्वका थुप्रै देशमा चीनको बुहानबाट फैलिएको (कोभीड १९) भाईरस महामारीका लाखौको ज्यान गएका बेला यसलाई नियन्त्रण गर्न कोरोना विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेर सहयोग गरेको छ । नेपाललाई भारतले जहाँ १० लाख खोप अनुदान दिएको हो । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो । भारतमा सबै धेरै खोप उत्पादन गर्ने कम्पनी सिरमले कोभिशिलड खोप उत्पदन गरेको हो ।
“भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरि सकेको र थप यो क्रम अझै बढने जानकारी दिएका छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवका अनुसार अहिले सके सम्म गरिब देशहरुलाई अनुदानमा दिने प्रतिबद्धता प्रधानमन्त्री नरेन्द्र मोदिको भनाईलाई उर्दित गर्दै बताउनु भयो । विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरेको बताउनु भयो ।
माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनहरुमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ताले बताउनु भयो । भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ ।
भारतमा कोरोना भाइरसको विरुद्धमा कोभिशिल्ड खोप विकास गरी भारतमा समेत लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरु मध्येमा पर्दछ । अहिले कोभ्याक्स मार्फत समेत सहयोग गरि रहेको छ ।


