२६ आश्विन २०८३, सोमबार

शनिबार शान्तिपूर्ण नागरिक आन्दोलन

एसीपी संवाददाता

१ फाल्गुन २०७७, शनिबार १४:३७ मा प्रकाशित

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबिरुद्ध नागरिक समाजका अगुवाहरुले शनिबार पनि काठमाडौंमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटन गर्ने कदम सच्चाउनुपर्ने बताएका थिए ।

संबैधानिक निकायको कब्जा बन्द गर, संबैधानिक प्रणालीको सुरक्षा गर–राजद्रोहीलाई कारवाही गर, लगायत नारा लेखिएका पर्चा सहित उपस्थित नागरिक समाजका प्रतिनिधिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए ।

विरोध कार्यक्रममा डा केदारनरसिंह केसीले असंवैधानिक कदम सच्चाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतका अगुवाहरुकोे उपस्थिति थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x