१२ मंसिर २०८३, शुक्रबार

दलित मुक्तिलाई कम्युनिस्टले धोखा दिएको भन्दै जागरण अभियान

एसीपी संवाददाता

२ फाल्गुन २०७७, आईतवार ०२:१५ मा प्रकाशित

राष्ट्रिय दलित मुक्ती जागरण अभियानको उद्घाटन कार्यक्रम अन्तर्गत आज फागुन १ गते शनिवार पश्चिम तर्फ दैलेख र पुर्वि तर्फबाट राजविराजमा विशाल बृहत् जनप्रदर्शन गरेका छन्।

अहिले सम्म नेपाल् सरकारले सदैब दलितमाथि गरेको भेदभाव र कार्यसैलीको विरुद्ध जागरण अभियानको आज उद्घाटन गरि जागरण अभियानको सुरुवात गरिएको राष्ट्रिय दलित जागरण अभियानले आज दैलेख मा बृहत जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय दलित जागरण अभियानका पश्चिम् संयोजक खगेन्द्र सुनारले बताउनु भयो ।

सधै भरि पार्टि र नेताले दलितलाई भोट बैंकको लागि मात्र प्रयोग गरेकोले अब दलित समुदाय गम्भीर हुनुपर्ने बेला आएको समेत सुनारले भने ।
राजनीतिमा लागेका केही दलित अगुवाहरुलाई समेत समुचित अवसरबाट वञ्चित गरेर कार्यकर्ताको रुपमा प्रयोग गर्न खोजेको बताउँदै सुनारले भने ‘हरेक राजनीतिक परिवर्तनहरुमा दलित समुदायले सहभागिता मात्र नभईबलिदान समेत दिएका छन् तर अवसरमा भने अझैं समानता पाउन सकेको छैन त्यसैले हामी सधैं अरुकै लागि लड्यौं, अब आफ्नैलागि एकतावद्ध भएर संघर्ष गर्नुको विकल्प छैन ।’ सुनारले बताए।

दैलेखमा भएको कार्यक्रममा पश्चिम नेपालका हरेक जिल्लाका दलित अभियन्ताहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा करिब १०  हजारको उपस्थिति रहेको थियो।
साथै सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा पनि राष्ट्रिय दलित मुक्ति जागरण अभियान पूर्वीय कार्यक्रम अन्तर्गत नै आज शनिबार बिशाल जनप्रदर्शन गरेका छन्।

राष्ट्रिय दलित मुक्ति जागरण अभियान अन्तर्गत पूर्वीय जिल्लाका हरेक जिल्लाका दलित समुदायका अभियन्ता ‌हरुको ठुलो उपस्थिति रहेको थियो। बिभिन्न जिल्लाबाट सहभागी हुन आएका करिब १० हजार मानिसहरुको उपस्थिति रहेको थियो।
दलित माथी सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा राष्ट्रिय दलित मुक्ती जागरण अभियानको सुरुवात गरिएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियानका पूर्वीय संयोजक राजेश विद्रोहीले बताए।
दलित एवम् उत्पीडित समुदायमाथि हत्या, हिंसा, बलात्कार जस्ता जघन्य घटनाहरु भईरहँदा पनि सरकार मात्र नभई राजनीतिक दलहरुले मौनता साधेको बताउँदै उनले भने ‘दलित समुदायलाई राजनीतिक दलहरुले भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा दलित समुदाय गम्भीर बन्नु आवश्यक रहेको समेत पूर्वीय संयोजक विद्रोहीले भने।
सरकारको मौनताले कडा परिश्रम गर्ने दलित एवम् उत्पीडित समुदायलाई भोकभोकै मर्नुपर्ने बाध्यता आइलागेको चर्चा गर्दै विद्रोहीले भने ‘पटक–पटक आन्दोलन भए, ती आन्दोलनहरुमा दलित सहित उत्पीडित समुदायले भोकभोकै बसेर सहभागिता जनाए, दर्जनौंले बलिदानी पनि दिइरहे तर, अझै दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने फेरिएको छैन् ।’ गरीब झन झन गरीब भएका छन् भने सामन्त जमिनदारहरु नै सत्तामा पुगेर थप सवल भएका छन् ।’ विद्रोहीले थपे।
सामन्ती जमिन्दारहरु नै सत्ता पुगे पनि उत्पिडितलाई हेर्ने दृष्टिमा फरक नआएका कारण आज पनि उत्पीडित समुदायलाई भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेको विद्रोहीले बताए । अब पनि दलित समुदाय सचेत नभए समाजमा दशकौं उत्पीडनबाट मुक्ति पाउन नसकिने उनले दावी गरे ।
राजनीतिमा अब आफ्नै उम्मेदवार बनाएर जिताउनुपर्नेसम्मकालागि तयारी गर्नुपर्नेमा सामाजिक अभियन्ता समेत रहेका कार्यक्रमका प्रमुख अतिथि विद्रोहीले सचेत गराए ।
सप्तरीको राजविराज र दैलेख बजारबाट एकैसाथ अभियान सुरु भएको हो ।
अभियानको मागहरु ‘दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गरियोस, ‘दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाही गरियोस, दलित आयोगलाई स्थानीय तह सम्म विस्तार गरियोस्, संबैधानिक आयोगहरुमा दलितहरुको प्रतिनिधित्व अनिवार्य गरियोस, निशुल्क उच्च शिक्षा को ग्यारेन्टी गरियोस् लगायत १४ बुदे मागहरु रहेका छन्।
पटक पटक भएको आन्दोलनमा दलितसहित उत्पिडित समुदायले बलिदानी दिइरहेपनि सामाजिक, आर्थिक र राजनीतिक अवस्था अझै नफेरिएको भन्दै बाध्य भएर देशव्यापी रुपमा जागरण अभियान थालिएको जनाइएको छ ।सुदुरसंचार बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x