१२ मंसिर २०८३, शुक्रबार

ब्युरोद्वारा लागु औषध कारोवारमा संलग्न नौ जना पक्राउ

एसीपी संवाददाता

३ फाल्गुन २०७७, सोमबार ०२:४६ मा प्रकाशित

लागु औषध नियन्त्रण ब्युरोले बिभिन्न स्थानबाट लागु औषध कारोवारमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ २१ देखि माघ २६ गते सम्म गरिएको कारवाहीका क्रममा लागु औषध कारोवारमा संलग्न ९ जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबाट  लागु औषध एम्फटामाईन २२२ गा्रम सहित र नियन्त्रित लागु औषध २४७० एम्पल बरामद गरिएको व्युरोका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक दिलिप चौधरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखा अजिरकोट गाउपालिका २का ३८ बर्षिय चिज कुमार गरुङ,  रौतहटको मौलापुर ९ का २८ बर्षिय दुखाकुमार यादव सुनसहरी इनरुवा नगरपालीका ६ का ३५ वषिय गोपाल निरौला,

सिन्धुपाल्चोक नगरपालिका ११ का २३ बर्षिय मान बहादुर तामाङ,  भारत बिहारका ३० बर्षिय गोविन्द पोद्धार , काभ्रेको नमोबुद्ध नगरपालिका ८ का सुवास श्रेष्ठ लगाएत रहेको उहाले बताउनुभयो ।

प्रक्राउ परेका व्यक्तिहरुको आवश्यक अनुसन्धान कार्य अघि बढाएको उहाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x