नेकपाको आक्रमणमा पुर्ब मन्त्री सहितका काङ्ग्रेस नेताकार्यकर्ता घाईते,विद्यार्थी संघ बैतडीले अनैतिक व्यवहारको बिरुद्धमा राकेजुलुस


नेपाली कांग्रेसका नेता एनपी साउद सहभागी भएको आमसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि नेकपाका समूहले आक्रमण गरेको हो । उक्त समूहले गरेको ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको बताईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा बिथोलिएको थियो ।
उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी सहित अन्य एक जना पनि घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । कांग्रेसले आमसभा आयोजना गरेको स्थानमा अहिले सुरक्षाकर्मीको टोली पुगेको छ ।
जोशी सहित एक सय जना सोमबार कांग्रेस प्रवेश गरेका थिए । मंगलबारको कार्यक्रममा जोशीले सम्बोधन गर्ने क्रममा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । जोशी गाउँपालिकाको कार्यालय सार्नका लागि गठित संघर्ष समितिका संयोजक समेत हुन् ।
अहिले बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रमस्थल गाउँ पन्सेरा नेकपा एमाले जिल्ला अध्यक्ष पालको गाउँ हो ।
यसअघिको आम निर्वाचनमा कांग्रेसले आयोजना गरेको कार्यक्रमहरुमा पनि नेकपाले पटक(पटक आक्रमण गरेको थियो । नेपाली कांग्रेस को आमसभा हुँदै गर्दा नेकपा को अनैतिक व्यवहार को बिरुद्धमा नेपाल विद्यार्थी संघ बैतडी ले गोकुले मा राकेजुलुस समेत निकालेको छ / हिन्दू युवा संघ डीलासैनी गाउँपालिका संयोजक तथा नेविसंघ बैतडी जिल्ला सदस्य राजेन्द्रप्रसाद जोशीले बताए ।


