१२ मंसिर २०८३, शुक्रबार

प्रहरी कटौती पछि प्रचण्डको सुरक्षामा खटिए पुर्व माओबादी लडाकु

एसीपी संवाददाता

७ फाल्गुन २०७७, शुक्रबार ०२:१७ मा प्रकाशित

नेपालगन्ज। नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पुर्व माओबादी लडाकु टोली खटिएको छ। सरकारले सुरक्षा गार्डहरुको संख्या कटौती गरेसँगै प्रचण्डको सुरक्षामा पुर्व माओबादी लडाकु टोलीका एक कमाण्डरको टोली खटिएको हो ।सरकारका तर्फबाट हाल प्रचण्डको सुरक्षामा दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली मात्रै रहेका छन् । प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’ को टोली खटिएको छ । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए ।अहिले प्रचण्डको सुरक्षामा उनीहरु नै अगाडी आएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x