१२ मंसिर २०८३, शुक्रबार

रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको ३७औँ बार्षिक साधारणसभा आज सम्पन्न

एसीपी संवाददाता

८ फाल्गुन २०७७, शनिबार १५:३६ मा प्रकाशित


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीको ३७औँ बार्षिक साधारणसभा आज सम्पन्न भएको रेडक्रस सोसाइटी शाखा मन्त्री रमेश भण्डारीले जानकारी दिनुभयो छ।
साधारणसभामा ९लाख बढिको आर्थिक प्रतिबेदन पेश गरिएको छ । रेडक्रस शाखा बैतडीका कोषाध्यक्ष पुर्णानन्द लेखकले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन अनुसार आर्थिक बर्ष २०७६मा जम्मा आय ९लाख ६६हजार रहेकोमा ४लाख ६२हजार खर्च भएको र ५लाख २१हजार रकम बिभिन्न बैंकहरुमा बचत रहेको मन्त्री भण्डारीले बताउनुभयो छ।

रेडक्रस साखा बैतडीका सभापति भिमदत्त पाण्डेयको अध्यक्षतामा भएको साधारणसभा कार्यक्रमका प्रमुख अतिथी दशरथचन्द नगरपालिका बैतडीका मेयर नरेन्द्रसिंह थापा रहनुभएको थियो ।

कार्यक्रममा जिल्ला स्थीत सबै उपसाखाका पदाधिकारीहरु र सरोकारवाला ब्यक्तिको सहभागीता थियो । यसपछि भने, रेडक्रसको जिल्ला अधिबेशन हुनेछ । रेडक्रसका पदाधीकारीहरुको कार्यकाल ४बर्ष रहने गरेकोमा अब संसोधित बिधान अनुसार भने, आगामी कार्यसमितिको कार्यकाल २बर्षको हुनेछ । रेडक्रस बैतडीको अहिलेको कार्यसमितिको भने यो अन्तीम बर्ष हो भन्ने पनि मन्त्री भण्डारीले जानकारी दिनुभयो छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x