१२ मंसिर २०८३, शुक्रबार

चीन भारतको समर्थन गर्न बाध्य

एसीपी संवाददाता

१२ फाल्गुन २०७७, बुधबार ०८:०४ मा प्रकाशित

नयाँदिल्ली: सीमा विवादका बावजुद चिनियाँ राष्ट्रपति सी जिनपिङले भारत भ्रमण गर्ने भएका छन् ।

भारतमा आयोजना हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी दिल्ली आउन लागेका हुन् । लद्दाख तथा दोक्लम सीमा क्षेत्रमा केही वर्षदेखि नै दुई देशबीच विवाद र झडप भइरहँदा चिनियाँ नेताको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिकाले २००९ मा ब्रिक्स गठन गरेका हुन् । उक्त बैठकमा दुई देशको सीमा विवादले गर्दा असर नपार्ने भन्दै चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

चीनले विज्ञप्ति जारी गर्दै यस पटकको बैठक आयोजनामा भारतलाई समर्थन गर्ने जनाइसकेको छ । ब्रिक्स बैठक आर्थिक सहयोग, राजनीतिक र सुरक्षा सहयोग, सांस्कृतिक आदानप्रदान लगायत मुद्दामा मिलेर काम गर्ने सवालमा केन्द्रित हुने बताइएको छ ।

साथै चीनले एकता र आपसी सहयोगलाई सुदृढ पार्न रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउनुपर्नेमा पनि जोड दिएको छ । यसवाहेक सीमा मुद्दामा पनि दुई देशका प्रमुखहरुबीच छलफल हुने भारतीय मिडियाले जनाएका छन् । अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x