१२ मंसिर २०८३, शुक्रबार

अदालतको निर्णयले प्रजातन्त्रको जित – देउवा

एसीपी संवाददाता

१२ फाल्गुन २०७७, बुधबार १३:०१ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालेले अदालतको निर्णय आए पछि मन्चमा बोल्न शुरु गरेका छन् । नेपालमा ससद पुर्नस्थापना गर्ने सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको देउवाले बताउनुभएको छ । देश विद्यमान परिस्थितिलाई नजिक बाट हेरेको कारण हामी सम्पुर्ण निर्णय गर्ने जिम्मा अदालतलाई मान्ने भनेको हो ।

महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले कांग्रेस प्रजातान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्ने पार्टी भएको भन्दै सर्वोच्चको फैसलाले प्रजातन्त्रको जित भएको बताउनुभएको हो ।ग

देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको टिप्पणी गर्नुभयो ।

उहाले नेकपा भित्र दुई पक्ष रहेकाले अझै के हुन्छ भन्ने अन्यौल कायमै रहेको बताउनुभयो । शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनुपर्ने भन्दै उहाले राजीनामा दिनेमा आफूलाई शंका रहेको जिकिर गर्नुभयो ।

विकसित राजनीतिक घटनाक्रमलाई कांग्रेसले गम्भीरतापूर्वक हेरेको भन्दै उहाले कसरी अगाडि बढ्ने भनेर छलफल गर्न संसदीय दलको बैठक बोलाउन लागिएको धारणा पनि राख्नुभयो ।

त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले नेकपाको आधिकारीक अध्यक्ष को हो भन्ने बिषय जनताले थाहा पाउनुपर्ने धारणा राख्नुभयो । उहाले कांग्रेसले पनि आगामी रणनीति तय गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी नेताहरुले अहिंसा र शान्तिका लागि महेन्द्र नारायण निधिले खेल्नुभएको भूमिकाको चर्चा गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x