१६ आश्विन २०८३, शुक्रबार

निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाइ नेपाली सेनाद्वारा सम्मान

एसीपी संवाददाता

१३ फाल्गुन २०७७, बिहीबार ०३:५३ मा प्रकाशित

विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमालमा हिउँद याममा आरोहण गरी कीर्तिमान कायम गरेका निर्मल पूर्जासहित नेपाली आरोहीहरुको टोलीलाइ नेपाली सेनाले सम्मान गरेको छ ।

बुधबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली आरोहण दलका सदस्यहरुलाई कदरपत्र प्रदान गरि सम्मान गर्नुभएको हो । उक्त कार्यक्रममा ८००० मिटरभन्दा अग्ला १४ हिमालहरु मध्ये जाडो मौसममा सफल आरोहण नगरिएको ८,६११ मिटर अग्लो केटू हिमाल हिमाल सम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति थापाले सामुहिक भावना तथा दृढ विश्‍वास एवं लगनशीलताले खतरायुक्त हिमालको सफल आरोहण गर्न सम्भव भएको बताउनुभयो ।

उहाले विदेशमा प्राप्त अनुभव तथा सिपलाई स्वदेशको प्रगतिमा उपयोग गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय भावना सहितको लक्ष्य लिएर अघि बढ्ने संकल्प गरेमा नेपालमा असम्भव भन्‍ने हरेक पक्षलाई सम्भव बनाउन सकिने उहाको भनाई छ ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका साथै नेपाल पर्यटन विभाग तथा बोर्डका सदस्यहरुको उपस्थिति रहेको थियो । म्याग्दीका पुर्जासहित नेपाली आरोही टोलीले माघ ३ गते दिउँसो नेपाली समयअनुसार सवा ५ बजे विश्वकै दोस्रो अग्लो केटू हिमाल (८,६११ मिटर) मा पाइला राख्न सफल भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x