चीनले मुस्लिम समुदाय माथि दमन गरेको हो : प्रवक्ता अकरम पठान
कपिलवस्तु, फाल्गुन १८ – जसपा लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले मुस्लिम समुदायको हकहितका लागि आफू र जसपा पार्टी सधै साथमा रहने मुस्लिम समुदायको उपस्थिती देशको सबै उच्च पदमा समेत समावेशिता गराउनु पर्ने मुस्लिम आयोग लाई सधै मुस्लिम समुदायले सुझाव सल्लाह दिइ रहनु पर्ने बताउदै चाइनाले मुस्लिम समुदाय माथि दमन गरेको प्रति आक्रोश समेत पोखे।
चिनमा मुस्लिम अल्पसंख्यक उईगर जातिमाथि नरसंहार गरिरहेको बेलायती प्रतिवेदन सार्वजनिक
कपिलवस्तुको कृष्णनगरमा भएको नगरपालिका वडा नं २मा रहेको जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयमा मुस्लिम आयोगको आयोजनामा विद्यालय का १०० जना विद्यार्थी हरुमा ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथी मुस्लिम आयोगका अध्यक्ष समिम मिंया अंसारी अतिथीमा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह,संविधान सभा सदस्य नजिर मिंया, मुस्लिम संगठन नेपालका सेराज अहमद फारुकी,आयोगका सदस्य महमुद्दीन अली, मिर्जा अरसद बेग, जसपाका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, २नं वडाध्यक्ष संजय गुप्ता, इत्तेहाद नेपाल कपिलवस्तु अध्यक्ष किफायतुल्लाह खां लगाया रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अन्सारीले उपस्थित सबै लाई हार्दिक धन्यवाद दिदै मदरसामा अध्ययनरत रहेका विद्यार्थी हरुको हौसला बढाउन सानो प्रयास स्वरुप ब्याग तथा शैक्षिक समाग्री वितरण गरिएको मुस्लिम हकहित र मुस्लिमको अधिकारका लागि आयोग कुन तरिकाले काम गर्ने भन्ने कुराको सुझाव सल्लाहको समेत अपेक्षा रहेको सबै मुस्लिमको सहयोग सहकार्य र संघर्षले मात्रै मुस्लिम आयोग गठन भएको बताउदै मुस्लिम आयोगले मुस्लिम समुदायको हकहितमा काम गर्ने समेत प्रतिबद्धता जनाउनु भयो।
कपिलवस्तु क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले मुस्लिम आयोग लाई अझ ससक्त ढंगले अगाडि लैजान मेरो पूर्ण रुपमा साथ र समर्थन रहने र जामिया इस्लामिया नईमिया अधारभूत विद्यालय (मदरसा)लाई पहिला पनि सहयोग गरेको र आउने सांसद बजेट बाट २०लाख रुपया दिने प्रतिबद्धता जनाए।
व्यवस्थापनमा हैदर अली,नूर मोहम्मद उक्त मदरसा का प्र.अ. मौलाना अकिल अहमद लगाया अन्यहरु ले सहयोग गरेका थिए।
कार्यक्रमको अध्यक्षता जामिया इस्लामिया नईमिया अधारभूत विद्यालयका व्यवस्थापन समिती अध्यक्ष नसरुल्लाह खां र इम्बार्क इन्टरनेशनल नेपालका अध्यक्ष मिर्जा रासिद बेगले उद्घोषकको भूमिका निर्वाह गरेका थिए।


