भारतबाट आएको कोरोना विरुद्धको खोप संघीय संसदका सांसदहरुलाई लगाउदै
नेपाललाई भारत सरकारले पहिलो चरणमा १० लाख खोप र नेपाल सरकारले आफै भारतको सिरम कम्पनीबाट खरिद गरेको खोप अहिले संघीय संसदका सांसदहरुलाई कोरोनाभाइरसविरुद्धको खोप दिन सुरु गरिएको छ ।
बुधबारदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोरोनाविरुद्धको खोप दिन थालिएको हो । पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा, नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव नेपाल लगाएतका सांसदहरुले खोप लगाएका थिए । कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछि सभामुख सापकोटाले कोभिड–१९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको बताउनुभयो । उहाले खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनेमा विश्वास व्यक्त गर्नुभयो । सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि जिकिर गर्नुभयो ।
प्रतिनिधिसभा बैठक बस्नुअघि संसद सचिवालयले सांसद, कर्मचारी, मर्यादापालक लगाएतलाई खोप लगाउने व्यवस्था गरेको हो । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप ९० प्रतिशत भन्दा बढी प्रभावकारी रहेको बिश्वका विभिन्न देशमा गरेको प्रयोग फाईनल गरेको छ ।


