१३ असार २०८३, शनिबार

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता भोलिदेखि

एसीपी संवाददाता

२० फाल्गुन २०७७, बिहीबार १७:३२ मा प्रकाशित

सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँके जिल्ला भलिबल संघले जनाएको छ । २५ गतेसम्म हुने प्रतियोगिताको विजेताले यसपटक ५ लाख रुपैयाँ पाउने भएको छ ।

गत वर्ष विजेतालाई २ लाख रुपैयाँ दिइएको थियो । यसपटक दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार छ । यो संस्करणमा पाँच टिमको सहभागिता हुनेछ । भारतीय टिम भने नआउने भएका छन् ।

नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेश प्रतियोगितामा सहभागी हुनेछन् । आज प्रतियोगिता मूल आयोजक समितिका संयोजक लुम्बिनी प्रदेश सांसद् कृष्णा केसी नमुना, बाँकेका स्थानीय तहका उपप्रमुख, प्रतियोगिताका सद्भावना दूत मिस नेपाल नम्रता श्रेष्ठको उपस्थितिमा टिम, पुरस्कार राशी र ट्रफी सार्वजनिक गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x