१३ आश्विन २०८३, मंगलवार

चीन विरुद्ध अमेरिकी सेना र हतियार तयारी

एसीपी संवाददाता

२९ फाल्गुन २०७७, शनिबार ०६:२७ मा प्रकाशित

एटलान्टिङ काउन्सिल अमेरिकी थिङ्क ट्याङ्क अर्थात् नीति संस्थानले जनवरी २८ मा नयाँ अमेरिकी चीन रणनीति सार्वजनिक गरेको थियो। ‘द लङ्गर टेलिग्राम’ नाम दिइएको रणनीतिक कागज पत्र ८५ पृष्ठ लामो छ। अज्ञात लेखक रहेको यो रणनीतिक पत्रका लेखक कुनै अमेरिकी पूर्व वरिष्ठ सरकारी अधिकारी हुनसक्ने अनुमान गरिएको छ तर, प्रस्ट छैन।

उक्त रणनीतिक पत्रमा लेखिएको छ, ‘एक्काइसौँ शताब्दीमा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक संसारले सामना गरिरहेको सबैभन्दा महत्त्वपूर्ण चुनौती भनेको सी चिनफिङको नेतृत्वमा बढ्दो निरङ्कुश र आक्रामक चीनको उदय हो।’ ‘चीनसँग लामो समयदेखि अमेरिकाको सामना गर्ने एकीकृत परिचालन रणनीति रहेको छ, संयुक्त राज्य अमेरिकासँग अहिलेसम्म त्यस्तो रणनीति छैन, यो एक राष्ट्रिय जिम्मेवारीको विलम्ब हो।’ ‘अमेरिकी रणनीति र नीति सी र उनको घेराभित्र रहेको गल्तीमा केन्द्रित छ, र त्यसलाई सुधार गर्नु अमेरिकी रणनीतिको उद्देश्य हो।’ ‘सीको नेतृत्व र कल्पना भन्दा अधिक महत्वकांक्ष को बारेमा कम्युनिस्ट पार्टी अभिजात वर्ग धेरै विभाजित छन्।’

‘अमेरिकी रणनीतिको प्रमुख लक्ष्य भनेको, अन्तर्राष्ट्रिय अमेरिकी उदारवादी नीतिलाई टक्कर दिन प्रतिद्वन्द्वी निर्देशन बनाएर अघि बढ्नुको सट्टा चीनले अमेरिकाकै नीति भित्र खेल्न खोजको हो ? भनेर निश्चित पार्नु हो,’ उक्त रणनीतिक कागजमा उल्लेख छ।

जो बाइडेन प्रशासनले यी नीतिहरूलाई पूर्ण रूपमा अँगाल्छ या अँगाल्दैन भन्ने कुरा भोलिका दिनमा थाहा हुनेछ। यद्यपि, अघि सारिएका रणनीतिहरू निकै नै गम्भीर छन्।

रणनीतिमा उल्लेखित एम प्रमुख कुरा ‘रेड लाइन’ अर्थात् रातो रेखाको शृङ्खला रहेको छ। रेड लाइन नाम दिइएको ती सीमा चीनले पार गर्‍यो भने अमेरिकाले सोझै सैन्य जवाफ दिनेछ।

जसअन्तर्गत

  • ‘चीन वा उत्तर कोरियाले संयुक्त राज्य अमेरिका या यसका मित्र राष्ट्रहरु विरुद्ध कुनै किसिमको आणविक, रसायनीक र बायोलोजिकल हतियारको कार्य
  • ताइवान र यसको अप तटीय टापुहरू विरुद्ध कुनै चिनियाँ सैन्य हमला, आर्थिक नाकाबन्दी, साइबर आक्रमण वा ताइवानको सार्वजनिक पूर्वाधार, संस्थानमाथि कुनै किसिमको आक्रमण
  • जापानी सेनाविरुद्ध कुनै पनि अमेरिकी आक्रमण र जापानको अधिकार रहेको सेन्काकु टापु र पूर्वी चीन सागर वरपरको एक्सक्लुसिभ इकोनोमिक जोन (ईईजेड)मा चिनियाँ आक्रमण
  • दक्षिण चीन सागरमा थप दाबी र टापुहरू सैन्य करण गर्ने शत्रुतापूर्ण कार्य, त्यहाँ दाबी गर्ने अन्य मुलुकहरू विरुद्ध बल प्रयोग र सो क्षेत्रमा संयुक्त राज्य अमेरिका र अन्य समुन्द्री मित्रहरुको नेविगेशन अपरेसनमा रोक
  • अमेरिकासँग सन्धि गरेका कुनै पनि राष्ट्र र त्यहाँको सेनाको सम्पत्ति माथि आक्रमण’

माथिका बुँदाहरूलाई उक्त रणनीतिक पत्रले रेड लाइनका रूपमा राखेको छ। यीमध्येका कुनै पनि बुँदा उल्लङ्घन गरेको अमेरिकाले सैन्य जवाफ दिन सक्ने छ।
अमेरिकी इन्डो प्यासिफिक हेडक्वाटरमा रणनीतिक, परिचालक र टेक्निकल टिमले अमेरिकी सैन्य स्थापनाका लागि नयाँ रूपरेखा तयार पारिरहेका छन्।
यी रूपरेखा पेन्टागन पठाइने छन् र सुरक्षा सचिव जनरललोयड अस्टिनले हेर्नेछन्।

नयाँ सैन्य स्थापनको रूपरेखा अन्तर्गत पहिलो त अमेरिकी समुद्री सेनाको भूमिका बढ्ने छ। चलाख र बौद्धिक क्षमताका समुद्री सेनाका कमान्डर डेभ बर्गरको नेतृत्वमा सैन्य विस्तारीकरण, क्षमता अभिवृद्धि र मध्यपूर्वमा जहिले पनि आक्रमण गर्न सक्ने किसिमले भूमि आधारित रणनीति बनेको छ।

नयाँ अमेरिकी चीन रणनीतिको सन्दर्भमा दक्षिण चीन सागरमा अमेरिकी समुद्री सेनाले यात्रा गर्न सक्नेछ। चीनले आफ्नो रक्षाका लागि प्रयोग गरेका टापुहरूभित्र समेत अमेरिकी नौ सेना जानेछ।

त्यसपछि अमेरिकी नौ सेना अर्थात् समुद्री सेनाले आर्मड ड्रोन, खतरनाक साइबर क्षमता, दक्ष समुद्री सेना, एन्टी एयर मिसाइल र पानी जहाज विनाशक जस्ता हतियारहरू अमेरिकी जल सेनाविरुद्ध प्रयोग गर्न सक्नेछ। चीनले दक्षिण चीन सागरमा आफ्नो सैन्य स्थापनाका लागि बनाएका कृत्रिम टापुहरू अमेरिकी मुख्य निशानाका रूपमा रहनेछन्।

नयाँ अमेरिकी रणनीतिमा दक्षिण चीन सागरमा चीनले दाबी गरेको पानी क्षेत्रमा अमेरिकी युद्धतोप रुले गस्ती गर्नेछन्। र यो रणनीति कति सशक्त छ भने, पछि अन्य मुलुकहरूले पनि सो क्षेत्रमा गस्ती गर्न सक्ने छन् र बिस्तारै चिनियाँ दाबीमा अन्तर्राष्ट्रिय प्रभाव पर्दै जाने छ। जुन चीनको अवैधानिक दाबीका लागि हारको सुरुवात हुँदै जाने छन्।

पेन्टागनले यसमा बेलायत, फ्रान्स र अन्य नाटो राष्ट्रहरूलाई संलग्न गराउन खोजेको छ। वास्तवमा नाटोले पनि चिनियाँ बढ्दो प्रभुत्वविरुद्ध उत्रिन खोजिरहेको अवस्था छ।

यससँगै अष्टेलिया, न्युजिल्याण्ड, भारत, जापान, दक्षिण कोरिया, सिंगापुर र भियतनामलाई समेत अमेरिकाले यसमा सहभागी गराउने छ। चिनियाँ पिपुल्स लिब्रेसन आर्मीको शक्तिशाली बलको सामना गर्न अमेरिकी रणनीति भनेको विश्वभरका अन्य शक्ति मुलुकहरूको गठबन्धन गराउनु जस्तो देखिएको छ।

यसबाहेक अमेरिकी सेनाले एसियाका विभिन्न टापुलगायतका क्षेत्रमा लामो दुरीका स्थल आक्रमण हतियार, लडाकु विमान सहितका सुविधाहरू स्थापना गर्दै छ। 
यी अमेरिकी सैन्य स्थापनाहरू गुआम, जापान, अस्ट्रेलिया, दक्षिण कोरियाका ठुला सैन्य स्थापनाहरूबाट समर्थित निगरानीमा हुनेछन्। यसले अमेरिकी सेनाको क्षमतालाई अझै प्रभावशाली, सशक्त र तीव्र बनाउनेछ।

टेलिग्राममा उल्लेखित रेड लाइनलाई बचाउ गर्न सेनाको स्थापना र गतिशीलतालाई अझै अभिवृद्धि गर्ने छ। जापान र दक्षिण कोरियामा सैन्य क्षमता अभिवृद्धि एवं सो क्षेत्रका अन्य टापुहरूमा सैन्य स्थापना गर्नेछ।

यसबाहेक स्थल र हवाई सेनाले ताइवानी सेनासँग मिलेर अभ्यासका गतिविधिहरू बढाउनेछ। साइबर आक्रमण र अन्य क्षमताका लागि पनि अमेरिकी सेनाले कार्य गर्ने छ। यी कुराबाट चिनियाँ सेनालाई सुस्त पार्न अमेरिकाले पश्चिमी प्रशान्तमा आफ्नो सैन्य क्षमता विस्तार र विकास गर्ने छ। जुन आउँदा दशकमा निकै नै ठुलो क्षमताको भइसक्नेछ।

अन्तमा दि लङ्गर टेलिग्रामले चीनको बढ्दो आक्रमक्तालाई नियन्त्रण गर्न अमेरिकाले नयाँ रणनीतिहरू अघि सारेको स्पष्ट सङ्केत गर्छ। यी रणनीतिहरू कति कार्यान्वयन हुन्छन् भन्ने कुरा आउँदो दिनमा देखिनेछन् । हाम्राकुरा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x