१२ मंसिर २०८३, शुक्रबार

बाम एकता बनाउदै बामदेव

एसीपी संवाददाता

३ चैत्र २०७७, मंगलवार ११:०१ मा प्रकाशित

नेकपा एमाले एकता अभियानका संयोजक बामदेव गौतमले वाम सरकार बनाउँनका लागि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ ।

आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने समेत बताउनुभयो । एमालेको मात्र सरकार बनाउन नसकिने भएकाले माओवादी केन्द्रसँग मिल्नुपर्ने गौतमको प्रस्ताव छ ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले स्पष्ट पार्नुभयो । त्यस्तै गौतमले दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छोड्ने बताउनुभयो । सर्वोच्च अदालतको फैसलालगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने ओलीले उल्टै पुनस्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याएको उहाले बताउनुभयो । त्यस्तै उहाले पुनसर््थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन ओलीलाई  सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूह ओली समूहसंग अलग भएको थियो । त्यससमय देखिनै गौतम मध्यमार्गीधार सहित एकता अभियानमा लाग्नुभएको थियो । सर्वोच्चको दलसम्बन्धी आदेशपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x