१३ असार २०८३, शनिबार

नेपाल, भारत र क्यामरूनका फुटबल टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने

एसीपी संवाददाता

६ चैत्र २०७७, शुक्रबार ०२:३९ मा प्रकाशित

कोरोना कहरले एक वर्ष ठप्प बनेको विराटनगरको खेलकुद क्षेत्र आगामी चैत २६ देखि सुरू हुने रात्रीकालिन विराट गोल्डकप फुटबलसँगै तंग्रिने यात्रामा अग्रसर हुँदैछ।

प्रत्येक वर्ष हुँदै आएको यो गोल्डकप गतवर्ष कोरोनाका कारण हुन सकेको थिएन । गोल्डकपको छैटौं संस्करण चैत २६ देखि वैशाख ४ सम्म विराटनगरको सहिद रंगशालामा हुँदैछ।

फ्लडलाइटमा राती खेलाइने प्रतियोगितामा नेपाल, भारत र क्यामरूनका फुटबल टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने आयोजक समितिले जनाएको
विराट गोल्डकप फुटबल ट्रष्टले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा विदेशी टिम भारत र क्यामरूनसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता हुनेछ। संयोजक मनोजविक्रम शाहका अनुसार भारत पंजावको पुलिस क्लब, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन टिम पहिलोपटक नेपालमा फुटबल खेल्न आउँदैछन्।

नेपालका मनाङ मस्र्यादी, सशस्त्र प्रहरी, नेपाल पुलिस क्लब, संकटा क्लब, राष्ट्रिय लिग विजेता मच्छिन्द्र क्बल, गोर्खा व्याइज, रुपन्देही र आयोजक विराटनगर ११ प्रतियोगितामा सहभागी हुनेछन् ।

ncell in

यस वर्षको गोल्डकप विजेताले पाउने राशी पनि बढाइएको छ। विजेता टिमले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद पाउनेछन् । यसअघि पाँचौ संस्करण विजेताले १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले ७ लाख। पाँचौ संस्करण थ्रीस्टार क्लबले जित्दा आर्मी उपविजेता भएको थियो। यसपटक बंगलादेश जाने भएका कारण आर्मी सहभागी नहुने भएको छ।

२०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रुपमा यसको सुरुवात भएको इतिहास छ। ३९ वर्षसम्म नियमित रुपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने लामो समय बन्द भयो। ११ वर्षसम्म गोल्डकप हुनै सकेन। त्यसपछि नाम परिवर्तन गर्दै महेन्द्रबाट विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो। २०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको थियो । सेतोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x