नेपालगन्जबाट अतिआवश्य्क काम बाहेक भारत तर्फ जान रोक लगाउने निर्णय
श्याम कुमार शाहू – नेपालगन्ज एसीपी
बाँकेमा आज भएको स्वास्थ्य सुरक्षा समितिको बैठकले स्वास्थ्यमा ध्यान दिदै कोरोना महामारीबाट जोगाउन सुरक्षा अपनाउन जरुरी रहेको छ । अहिले अतिआवश्य्क काम बाहेक भारत तर्फ सिमा नाकाबाट किन मेल गर्न जान रोक लगाउने निर्णय गरेको छ । जरुरी काम बाहेक सीमा पार गर्न अनुमति नदिने जारी सूचनामा उल्लेख गरेको छ ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बाँकेमा रहेको सीमा नाका कडा बनाईने निर्णय गरेको हो । जिल्ला कोभिड १९ सेन्टरहरु समेत तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । बाँकेमा स्वास्थ्य उपचार र जरुरी काम बाहेक सर्वसाधारणलाई किनमेलका लागि सीमा नाघ्ने अनुमति नदिने निर्णय गरेको छ। विभिन्न राजनीतिक दल, सुरक्षा निकाय, स्वास्थ्यकर्मी लगाएतको सहभागीता रहेको थियोे । होलि पर्व लाई ध्यानमा राखेर सावधानी अपनाई रङ खेल्न आग्रह गरेको छ । साथै कुनै किसिम गोष्ठी समेत न गर्न आग्रह गरेको छ । उता नेपालगन्जमा व्यापार मेला लगाउने तयारी गरिदै छ ।



