१२ मंसिर २०८३, शुक्रबार

चिनियाँ राजदूत होउ यान्छी नेताहरु सङ भेटघाट तिब्र पार्दै

एसीपी संवाददाता

१३ चैत्र २०७७, शुक्रबार १२:५४ मा प्रकाशित

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेकी छन् ।

नयाँ सरकार बनाउने प्रयत्नमा रहेको चीनले पछिल्लो समय सक्रियता बढाएको छ । तर प्रधानमन्त्री केपी ओलीलाई हटाउन सकेको छैन ।

ओली हटाउन माओवादी केन्द्र कांग्रेस र जसपाको गठबन्धन बनाउनमा चीनले समन्वयकारी भूमिका खेलिरहेको छ । तर प्रधानमन्त्री ओलीले कांग्रेस र जसपाको बहुमत नेतृत्वलाई कन्भिन्स गरिसकेका छन् ।

जसका कारण सत्ता फेर्ने चिनियाँ चाहना सफल हुन सकेको छैन । यस्तो बेला सभापति देउवालाई प्रधानमन्त्रीका लागि अग्रसरता लिन भन्ने आग्रहसहित प्रमको ललिपप लिएर राजदूत यान्छी फकाउन शुक्रवार दिउँसो ३ बजे बुढानिलकण्ठ पुगेको बुझिएको छ ।

राजदूत यान्छीलाई देउवाले पार्टीभित्र सल्लाह गर्ने भनेर टारेका छन् । यान्छीले वर्तमान राजनीतिले निकास लिनुपर्ने चाहना चीनको भएको र त्यसमा अग्रसरता लिन अनुरोध गरेकी थिइन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x